विश्वमानचित्रमानेपालको आफ्नै फरक पहिचान छ बुद्धको भुमिभनेर। नेपाल र भारतको सम्बन्धप्राचिनकाल देखि रहेको भन्ने कुरा इतिहास जग जाहेर छ । नेपाल र भारत संग सम्बन्धमात्रनभई रोटी र बेटीको सम्बन्ध छ भन्ने कुरा पनिभनिरहनु पर्दैन् । वर्तमान समय भनेको विज्ञान,प्रविधि र अर्थ को समय हो । जो सँगयीतिन कुराहरु हुन्छन, त्यो बलशाली हुन्छ अन्यथाशक्तिहिन हुन्छ । विश्वमानचित्रमानेपाल र भारत जस्तो फरक किसिमको सम्बन्धपाउनदुर्लभ नै छ । हाम्रो भेषभुषा, रहनसहन, खानपिनइत्यादिहरु मिल्दछ। नेपाल र भारत बिचअन्योन्याश्र्रित सम्बन्ध रहेको छ । तर यी कुराहरु भ्निरहदा खुला सिमानामधेशको आर्थिक र साँस्कृतिकविकाशको लागिँबाधाव्यवधान पैदा गरिरहेको त छैन भन्ने कुरा आममानिसहरुमा सोचउत्पन्नभईरहेको छ । अबको बहस कसरी नेपाल र मधेशलाई समृद्ध गर्न सकिन्छ भन्ने हुनुपर्छ । र त्यसको लागिहुने बाधाहरुलाई हटाउनु पर्दछ । कतिपयअर्धशास्त्रीहरुले के भन्दछन्भने नेपालको मुटु मधेश विकसितनहुनुको एउटा कारण खुलासिमानापनिहो । फेरि प्रश्न उठन सक्छ नेपालबिकसित नै छैन तर कसरी मधेश विकसितहुन सक्छ ? विभिन्नमानकहरुको तुलनागर्दा मधेश विकसितहुनु पर्ने हो तर त्यो छैन ।खुल्लासिमाभएकै कारणले राज्यले पाउनुपर्ने करिब अर्बौको राजस्व चुहावट भईरहेको छ । मधेशमा उत्पादित वस्तुहरुले लागतको अनुपातमा मुल्य पाईरहेका छैनन् । यस्को ज्वलन्तउदाहरण केरा रहेको छ ।खुलासिमाभएकै कारण भारतीय केराहरु नेपालको बजारमा पर्याप्त आएकै कारणले मधेशमाउत्पादित केरा किसानहरुको लागतअनुसारको मुल्यपाइरहेका छैनन् । त्यही कारणलेनवलपरासीपश्चिमका केही केरा कृषकहरु भन्सार कार्यालय अगाडी धर्ना दिएकाथिए । त्यस्तै नियाल्ने हो भने कृषकले उत्पादनगर्ने वस्तु लागतअनुसारमुल्यपाउदैनन् । यसको मुख्य कारण भनेको भारतीयउपजहरुको नियमननहुनु हो । भारतीय कृषकहरुले सरकार बाट विभिन्नकिसिमका सहुलियतहरु प्राप्तगर्दछन र फलस्वरुपभारतीयउपजहरु संग नेपाली कृषकहरुले प्रर्तिस्पर्धा गर्न सक्दैनन् ।त्यहीउपजहरु नेपालमा भित्राइन्छ र नेपाली कृषकहरु मारमा पर्दछन् । यी घटनाहरुले गर्दा सिमालाई बन्द गर्नुपर्दछ र निश्चित स्थानहरु बाट आवागमनहुनुपर्दछभन्ने मतहरु प्रकट भईरहेका छन । आर्थात सिमा पुर्ण रुपलेबन्द गर्नुपर्ने होइन,निश्चितनाकाहरु बाट तोकिएको वस्तुहरुको निर्यात र आयातमात्रै हुनुपर्दछ । हामीहेर्न सक्छौ र अनुमानलगाउन सक्छौ सिमातिरका प्रायव्यवसायहरु फस्टाउन सकेका छैनन् ।सिमातिरका व्यवसायहरु संघर्शरत छन ।साथै सांस्कृतिकप्रभावहरु पनिपरिरहेको छ । नेपाल र भारतमामात्रै हेैन विश्वका अरु केही देशहरुमा समेत खुलासिमा छ तर स्वरुपहरु परिवर्तित छन । खुलासिमाभएकै कारणले झन्डै अर्बौको घाटा नेपाललाई लागिरहेको छ ।आर्थात प्रत्येक दिनविनाभन्सार तस्करहरुले चोरी निकासी गराइरहेको अवस्थापाउन सक्छौ । देशलाई समृद्ध पार्न र मुद्रा घाटा कम गर्न स्वदेशी वस्तुहरुको उपभोगमा जोड दिनुपर्दछ । खुलासिमादेशको लागि वरदानहो भने देशले के पाएको छ ?हो जनताहरुले अलिकममुल्यमा वस्तुहरु पाउँछन् तर देशको मुद्राअवमुल्यनमायसले जोड दिन्छ । देशमाभारतबाट वस्तुहरु ल्याउनाले नेपालीव्यवसायीहरुलाई धेरै असर गर्दछ र हामीप्रत्यक्ष रुपमा हेरिरहेका छौ । त्यति मात्रै हैन ,खुलासिमाले विभिन्नकिसिमका अपराधजन्यक्रियाकलापहरुमायसले बल पुर्याइरहेको पाउन सक्छौ । केहीव्यक्तिहरुले के मत राख्दछन्भने रोटी र बेटीको सम्बन्ध टिकाइराख्नखुलासिमा नै हुनुपर्दछ र ? केही विज्ञहरुले के मत राख्दछन् भने खुलासिमाको बहस चलाएर भोट लाई आकर्षण गर्ने साधनहो । हामीहरु अध्ययन गर्नुपर्दछ र हामी हेर्न सक्छौ खुल्लासिमाले विभिन्न समस्याहरु उत्पन्न गरेको छ । यि र यस्तै रुपीबहसहरु को सिर्जना गरी देशलाई बिकास तिर लम्काउने कुराहरुलाई स्वीकार गर्नुपर्दछ । देश समृद्ध भएमधेश समृद्ध हुन्छ , देश डुब्यो भने मधेश डुब्छ । बहुभाषिक,बहुसाँस्कृतिक र विभिन्न धरातल रुपीभएको सुन्दर देश हो नेपाल । यस्ता सुन्दर रुपीशब्दहरुलाई जोगाईराख्न समृद्ध मधेश र देशको परिकल्पना गर्नु अपरिहार्य आवश्यकता छ । बौद्धिक र जागरुकव्यक्तिवहरुले खुलासिमाको विषयमा सोच्नुपर्ने आवश्यकता छ । बलिरामगुप्ता (प्रतापपुर गापा वार्ड नं ९, घर भएका लेखक उनीशिक्षा,कृषि र अर्थ सँग सम्बधितविषयमाकलम चलाउँछन ।) राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।