उमेश दुबे
महोतरी, १३ माघ / सशस्त्र प्रहरीले भारी मात्रामा लागू औषध गाजा बरामद गरेको छ । महोतरी जिल्लाको महोतरी गाउपालिका वडा नम्बर वडा नम्बर ४ रानिरतवडा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपालले भारी मात्रामा लागू औषध गाजा बरामद गरेको हो ।
बिहिवार साझ करीब ९ बजेको समयमा पराल भित्र लूकाइ छिपाइ राखेको अवस्थामा सशस्त्र प्रहरीले भारी मात्रामा लागू औषध गाजा बरामद गर्न सफल भएको छ । नेपालबाट भारततर्फ लग्ने उदेश्यले राखिएको लागू औषध गाजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । महोतरी गाउपालिका वडा नम्बर ४ निवासी लक्षमी चौधरीको छोरा गणेश चौधरीले लगाएको कुखुरा फर्मको पछाडी राखिएको पराल भित्रबाट १ सय ६० किलोग्राम लागू औषध गाजा बरामद गरिएको डिआइजी गणेश ठाडा मगरले जानकारी दिनुभयो ।
बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिनमस्ता बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको टोलि र थप बोर्डर आउट पोस्ट जलेश्वर बेशबाट खटिएको टोलिले लागू औषध गाजा बरामद गर्न सफल भएको डिआइजी मगरले बताउनु भयो । उहाले बरामद गरिएको लागू औषध गाजा अवाश्यक कारवाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी गरेको बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

