काठमाडौं । सार्वजनिक स्थलहरूमा व्यक्तिको जथाभावी फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरी ‘टर्चर’ दिनेमाथि कारबाही गर्ने चेतावनी गृह मन्त्रालयले दिएको छ ।
मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै ख्यालठट्टाको नाममा वा गोप्य रूपमा सार्वजनिक स्थलहरूमा कसैको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्ने क्रम बढेको उजुरी आएपछि यसबारे ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
बिना अनुमति भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन दिँदै गृहले यस्तो कार्यले सर्वसाधारणलाई शारीरिक र मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने, दिक्दार लगाउने गरेको उल्लेख गरेको छ। गोप्य भिडियो तयार पारी उक्त भिडियो फुटेज सामाजिक सञ्जालमा राख्नेलाई कारबाही हुने पनि गृहले जनाएको छ।
सार्वजनिक स्थलहरूमा हुने यस्ता भद्दा प्रकृतिका ख्यालठट्टाबाट केही व्यक्ति सिकार भएको र ती व्यक्तिमा मानसिक तनाव देखिने पनि गृहले विज्ञप्तिमा उल्लेख गरेको छ । त्यस्ता भिडियोहरूले समाजमा झैझगडा, वादविवाद, द्वन्द्वजस्ता घटना हुन सक्ने पनि गृहले विज्ञप्तिमा उल्लेख गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

