रामु भुसाल
भारतीय पक्ष द्धारा नेपाल भारत सिमाको दशगजा नजिकै बनाउँदै गरेको सडकका कारण नेपाली भुभाग डुबानमा पर्न सक्ने भन्दै रााष्ट्रिय युवा संघ नेपाल सुस्ता गाउकमिटिले बिहिबार सो क्षेत्रमा बिरोध र्रयाली गरेको छ । भारतिय पक्षले एक तर्फि रुपमा सडक निर्माण गर्दा सुस्ता गाउपालिकाको वार्ड नं। ४ र ५ मा डुबानको खतरा बढेको र निर्माण कार्य तत्काल रोक्नुपर्ने भन्दै राष्ट्रिय युवा संघ नेपाल सुस्ता गाउ कमिटिका अध्यक्ष कमल अमात्य को नेतृत्वमा कमिटिका पदाधिकारी स्थानिय बासी लगायतले कालो झण्डा सहित बिरोध जनाएका हुन् । भारत सरकारले अन्र्तराष्ट्रिय कानून विपरित नेपाल भारत सीमा क्षेत्रमा बाँध जस्तै सडक निर्माण गर्दा हजारौँ नेपाली भुभाग डुबानमा पर्ने भन्दै त्यस प्रकारका संंरचना निर्माणमा रोक लगाउन माग गरेका छन् । बिरोध पश्चात कोणसभालाई सम्बोधन गर्र्दै सांकेतिक रुपमा बिरोध र्रयाली गरिएको र सुनुवाई नभएमा थप विरोधका कायृक्रमहरु संचालन गरिने कमिटिका उपाध्यक्ष सुवर्ण न्यौपानेले बताउनुभयो । यस अघिपनि नेकपा एमाले पश्चिम नवलपरासीका अध्यक्ष दीपेन्द्र अधिकारीको नेतृत्वमा जिल्लाका पदाधिकारीसहितको टोलीले पश्चिम नवलपरासीस्थित भारतीय सीमामा भारत सरकारले बनाईरहेको निर्माणाधिन उक्त सडक क्षेत्रको स्थलगत अवलोकन पश्चात प्रधानमन्त्री शेर बहादुर देउवालाई प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रमार्फत ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए ।
दशगजाबाट नजिकै बाँध जस्तै सडक बनाउँदा नेपालबाट दक्षिणतर्फ बग्ने पानीको निकास नहुने गरी बनाईएकोले यस क्षेत्रको हजारौँ विघा जमिन डुबानमा पर्ने ,कतै दश मिटर त कतै पचीस मिटरको मात्र दुरीमा सडक बनाईएको र पानीको निकास नराखिएकोले नेपाली बस्ती, नेपाली कृषकले लगाएको खेतीपाती नष्ट हुनुका साथै डुबानका कारण पलायन हुनुपर्ने अवस्था देखिएकोले र पटकपटक यस विषयमा सरकारको ध्यानाकर्षण गराएपनि सरकारले सुनुवाई नगरेको हुदाँ आन्दोलन गर्न बाध्य भएको कमिटिका अध्यक्ष अमात्यले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

