आधुनिक प्रविधिको विकाससँगै विभिन्न ग्याजेटको प्रयोग पनि बढ्दो छ । जसमध्ये एयरफोन पनि एक हो ।
प्रायः युवा तथा किशोर उमेरका व्यक्तिको अधिकांश समय कानमा एयरफोन हुने गर्दछ । यो एक प्रकारले फेसन झै बनेको छ । तर यही फेसन समस्या बन्न सक्छ ।
विभिन्न अनुसन्धान अनुसार ठूलो आवाजका साथ एयरफोन सुन्दा यसले कानको पर्दामा नकरात्मक असर पार्न सक्छ । लामो समयसम्म एयरफोन प्रयोग गर्दा सुन्न सक्ने क्षमतामा कमी आउँनुका साथै कान सुन्निन पनि सक्छ ।
एयरफोनको प्रयोगले कान भित्र ब्याक्टेरियाको संख्या पनि बढ्दै जान्छ । एयरफोन प्रयोग गर्दा त्यसबाट विभिन्न विद्युत चुम्बकीय तरंगहरु निस्कन्छन्, जसले दिमागमा नोक्सान पुर्याउन सक्छ । अझ कान भित्रै पस्ने एयरफोनले दिमागमा समेत हानी पार्न सक्छ ।
ध्यान रहोस्, संगित सुन्दा ठिक्क आवाजमा सुन्नु पर्दछ । साथै निश्चित समयपछि कानलाई विश्राम दिनुपर्छ । ९० डेसिबलमा कुनै ध्वनी प्रतिदिन ४ देखि ५ घण्टासम्म सुनियो भने कानमा नोक्सान हुनसक्छ ।
एयरफोनमा जमेको धूलोका कारण कानमा इन्फेक्सन पनि हुन सक्छ । साथै आवाज नसुन्ने, दिमागमा असर तथा कान दुख्ने समस्या पनि बढ्दै जान्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

