Rashtriya Dainik

हाडजोर्नी दुखाइको लागि अचुक औषधि हो जाइफल ! यस्तो छ प्रयोग गर्ने तरिका

सामान्यतया जो केहिलाई पनि चिसोको समयमा हाडजोर्नीको समस्या हुने गर्दछ । बढ्दो उमेरका मानिसहरुलाई क्याल्सियमको कमीका कारण जोर्नी दुख्नु सामान्य कुरा हो । तर मानिसहरु यस्ता दुखाई कम गर्नका लागि विभिन्न औषधिको प्रयोग तथा पेनकिलरको सहायता समेत लिने गर्छन ।

जोर्नी दुखाईको समस्याबाट छुटकारा पाउनका लागि आफ्नै किचनमा प्रयोग हुने बस्तुको प्रयोग गर्न सकिन्छ त्यो हो जाइफल, जसको प्रयोगले जोर्नीको दुखाई सजिलै कम गराउछ ।

जाइफलमा प्रचुर मात्रामा क्याल्सियम र फस्फोरस तत्व पाइन्छ जुन हाडजोर्नीका लागि अति नै उपयोगी मानिन्छ । विशेषगरी यसले हरेक किसिमको जोर्नी दुखाई कम गर्न मदत पुर्याउछ ।

यसको प्रयोगका लागि सर्वप्रथम जाइफललाई राम्रोसंग पिसेर पाउडर बनाउने । हरेक दिन बिहान मनतातो पानीमा यस पाउडर मिसाई नियमित सेवन गरेको खण्डमा हाडजोर्नी दुखाईलाई कम गर्दछ । यसका अतिरिक्त तिलको तेलमा जाइफलको पाउडर राखी हल्का मनतातो बनाई दुखेको ठाउँमा लगाउनाले पनि यसबाट लाभ उठाउन सकिन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित