वीरगञ्ज ८ माघ
चिसोबाट प्रभावित पर्सा जिल्लाको पर्सागढी नगरपालिका को वडा नं ५ का विभिन्न टोलका गरिब , दलित तथा असहाय समुदायका परिवारलाई शनिवार कम्बल वितरण गरिएको छ ।
पर्सागढी नगरपालिका वडा नं ५ को आर्थिक सहयोगमा गरिब दलित, असहाय वर्गका व्यक्तिहरूलाई कम्बल वितरण गरिएको हो ।
केही दिन यता बढेको चिसोले गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् ।
कार्यक्रम पर्सागढी नगरपालिका वडा नं ५ का अध्यक्ष असलम आलमको प्रमुख आतिथ्यतामा कम्बल वितरण गरिएको हो। सो कार्यक्रममा वडा महिला वडासदस्य सतिया देवी,शिवमतिया अहिरिन, समाजवादी पार्टीको जिल्ला सदस्य अशोक यादव, समाजसेवी आमोदिन हवारी, स्थानीय अगुवा रमेश यादव,सैनुलाह मियाँ , संदिप तिवारी लगायत स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

