बिनोद मण्डल/ रामजी प्रजापती ,माघ ५ । मनोरञ्जन संगीत अनि गायनको उच्तम प्रस्तुतिले आम मानिसको पीडा कम गर्नमा सघाउ पुग्नेमा आम मानिस विश्वस्त हुनु नौलो कुरा होइन । जीवनको अभिन्न अङ्गको रुपमा संगीतलाई लिइन्छ पौराणिक कालदेखि संगीतले आफ्नै महत्व बोकेको पाइन्छ । राष्ट्रिय पहिचानको सवाल उठीरहेको अवस्थामा नेपालमा जातीय शर्ट मुभीहरु नबनेका होइनन् । आदिवासी / जनजातिको क्षेत्रमा अपार सफलताका फिल्मी गीतहरू नबनेका होइनन् । थारु भाषालाई जगेर्ना गर्नको लागि थारु गीत संगीतले यतिबेला अपार सफलता पाइरहेको अवस्था रहेको पाइन्छ । नेपालको पूर्वी थारु समुदाय या पछिममी थारु समुदाय होस् सबैमा कला क्षेत्रमा अन्तर्निहित प्रतिभा रहेको सर्वविदित रहेको पाइन्छ । सनसन गीतको अपार सफलतापछि पुन बजारमा थारु भाषाको नैनासे नैना मिल्के आएको छ । भुपेन चौधरी र अनु चौधरीको भुमिका रहेको उक्त भिडियो मूभीमा भोजपुरी कलाकार रामजी प्रजापतिको विशेष सहयोग रहेको कन्टेन्ट नेपालले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।