उमेश दुबे,बारा, ४ माघ / जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले शान्ती सुरक्षामा कुनै किसिमको सम्झौता नगरी अहम भुमिका निर्वाह गर्ने बताएका छन । शान्ती सुरक्षाको साथ साथै सीमाबाट हुने अबैध कृयाकलापका र प्रहरी-सर्वसाधारण बिच रहेका बिचौलिया समुहलाइ समेत सखाप गरि अहम भुमिका निर्वाह गर्नबाट पछि नहटने बताउनु भएको हो ।
मङ्गलबार जिल्ला प्रहरी कार्यालय बाराले आयोजन गरेको चियापान कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले जिल्लाको शान्ती सुरक्षाको बिषयमा कुनै राजनीति दबाबमा नपरी निस्वार्थ भावनामा हिडने बताउनु भयो । आफ्नो संगठनको नीति र निर्देशन अनुसार आफ्नो कार्यको पालना गर्ने बताउदै पत्रकारहरूको समाचार संकलनमा हुने गरेको हस्तक्षेपको बिषयमा समेत ध्यान पुर्याउने बताउनु भयो ।
प्रहरी र सर्वसाधारण बिचको सहकार्यको निम्ति प्रयोग हुँदै आएको बिचौलियालाई समेत पूर्ण रूपले हटाइएको प्रहरी उपरीक्षक देउवाले बताउनु भयो । सर्वसाधारणले कुनै बेला, कुनै किसिमको प्रहरी सेवा खोजेको खन्डमा बारा प्रहरी जति खेरपनि सेवाको लागि तत्पर हुने बताउनु भयो । कुनै किसिमको अपराधी क्रियाकलापमा राजनीति हस्तक्षेप हुन नदिइ कानून बमोजिम कारवाही गरिने प्रहरी उपरीक्षक देउवाले ठोकुवा गर्नुभयो ।
कार्यक्रममा बारा जिल्लामा हुने गरेको अपराधी क्रियाकलापका साथ साथै सीमाबाट हुने गरेको तस्करी लगायत जिल्लाको शान्ती सुरक्षाको बिषयमा पत्रकारहरूले आ-आफ्नो गुनासो गरेका थिए । कार्यक्रममा पत्रकार उमेश दुबे, राकेश पान्डे, अनिल पान्डे, धिरेन्द्र तिवारी, नरेश गुप्ता, रामबाबु मेहता लगायत दर्जनौ पत्रकारहरूको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

