Rashtriya Dainik

जिल्ला प्रशासन कार्यलय पश्चिम नवलपरासीको सेवा माघ ५ गतेबाट पुनः सुचारू हुने ।

पुरन अधिकारी ,पश्चिम नवलपरासी

जिल्ला प्रशासन कार्यलय पश्चिम नवलपरासीले यहि माघ ३ गते प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा हस्ताक्षरित सुचना प्रकाशित गरि प्रशासकिय अधिकृत लगायतका कर्मचारी हरुमा कोभिड १९ पोजेटिभ देखिएको हुदा माघ ३ गते देखि ९ गते सम्म कार्यलयबाट प्रादान गरिने अत्यावश्यक सेवा लगायत सम्पूर्ण सेवा स्थगित गरिएको व्यहोरा जानकारी गराएको थियो ।

त्यसको एक दिन लगत्तै पुनः सहायक प्रमुख जिल्ला अधिकारी राम चन्द्र अर्याल द्वारा हस्ताक्षरित अर्को सुचना प्रकाशित गरि कोभिड भएका कर्मचारीहरुको सट्टा वैकल्पिक कर्मचारीहरुको व्यवस्था गरि यहि माघ ५ गतेबाट पुनः सेवा सुचारू गरिने र सेवा लिन अाउदा भौतिक दुरि कायम गर्ने ,मास्क अनिवार्य लगागने ,सेनिटाइजर प्रयोग गर्ने लगायतका स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्न समेत सम्पूर्ण सेवाग्राहीमा अनुरोध गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित