Rashtriya Dainik

रामग्राम नगरपालिकाद्वारा स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि

नवलपरासी,४ माघ । नवलपरासीको रामग्राम नगरपालिकाले स्वास्थ्यकरमीहरुको बृहत तालिम मार्फत क्षमता अभिबृद्धी गरेको छ। स्वास्थ क्षेत्र अति संबेदनसिल क्षेत्र रहेकाले आफ्नो नगर भित्र स्वास्थ सेवा दुरुस्त र प्रभावकारी बनाउन नगरका सम्पुर्ण स्वास्थ चौकी, शाखा र स्वास्थ संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई एक हप्ते बृहत पोषण प्याकेज मार्फत क्षमता अभिबृद्धीका लागि तालिम प्रदान गरेको हो।
नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा परासीमा संचालित उक्त ७ दिने तालिमको माघ ३ गते समापन भएको हो।

“नगरबासीको सरोकार स्वच्छ, पारदर्शी, विकासमुखी स्थानीय सरकार ” भने मुल नाराका साथ आयोजित तालिममा विभिन्न स्वास्थय चौकी र संस्थाबाट गरि कुल ३० जना स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो।
तालिममा सहभागी स्वास्थ्यकर्मीहरुलाई सीअहेब अधिकृत सुक्र्यौली स्वास्थ्य चौकी इन्चार्ज बलराम सापकोटा, स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज गौतमले प्रशिक्षण दिएका थिए भने सुहारा परासीका सयोजक कृष्ण गुरुङ, सुहाराको पोषण अधिकृत निर्मला भन्डारीले सहजीकरण गरेका थिए।

यो दोश्रो चरणको तालिमा रामग्राम नगरपालिकाको स्वास्थय शाखाको आयोजना तथा सुहाराको सहकार्यमा सम्पन्न भएको हेल्थ असिस्टेन्ट सुरज गौतमले जानकारी दिनु भयो। तालिममा सहभागीहरुलाई नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले प्रमाणपत्र बितरण गरेका थिए।

तालिम समापन कार्यक्रममा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले स्वास्थ्यकर्मीहरुलाई यश तालीमले नगरपालिका भित्र स्वास्थ्य सेवा छिटोछरितो र दुरुस्त रह्ने बिश्वास ब्यक्त गर्नु भयो। उन्हाले पालिका भित्रका बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरुको पोषणमा व्यापक सुधार ल्याउन यहाँहरुको अहम भुमिका रहने बिश्वास ब्यक्त गर्नु भयो।
रामग्राम नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका गर्भवती महिलाहरु को लागि निःशुल्क सेवा दिनको लागि नि: शुल्क एम्बुलेन्स सेवा सञ्चालन यहि माघभित्र एम्बुलेन्स सेवा सञ्चालन हुन लागेको नगर प्रमुख गुप्ता ले जनकारी दिनु भयो ।

रामग्राम नगरपालिका का उपमेयर रम्भा कुँवर, रामग्राम नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत राकेश पाण्डे, जिल्ला स्वास्थ्य कार्यालय परासीका निमित्त प्रमुख ओम प्रकाश पन्थी , जिल्ला स्वास्थ्य कार्यालय परासीका मलेरिया इन्स्पेक्टर देवीलाल पौडेल , सुहरा कार्यक्रम परासीका संयोजक कृष्ण गुरुङ लगायत आफनो धारणा ब्यक्त गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित