उमेश बि.क / नवलपरासी , ३ माघ
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलले गुट–उपगुटका कारण पार्टी कमजोर भएको बताउनु भएको छ । नेपाली काङ्ग्रेस नवलपरासी क्षेत्र नं १ “ख” मा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टी भित्रको गुट–उपगुट अन्त्य गर्ने अभियानमा आफूहरु रहेको बताउनु भएको हाे।

“गुट–उपगुटले पार्टी कमजोर भयो,” वहाँले भन्नुभयो । आउँदो चुनाव जित्न गुट–उपगुट अन्त्य हुनुपर्नेमा वहाँले जोड दिनुभएको थियोे । सबै काङ्ग्रेस एक भए पार्टीलाई कसैले हराउन नसक्ने वहाँकाे भनाइ थियो ।

त्यस्तै संविधानसभा सदस्य देवकरण कलवार “सन्तु” ले गुटबन्दी त्यागेर कार्यकर्तामाझ आउन जिल्ला ,संघिय ,प्रदेश तथा पालिका नेतृत्वलाई आग्रह गर्नुभयो । जिल्लामा भएको गुट उपगुटको अन्त्य गर्दै असन्तुष्ट पक्षलाई सम्मानजनक ठाउँमा व्यवस्थापन गर्दै संगठनलाई सवल ,सक्षम र जनता प्रति लोकप्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यकर्ता र जनता विच लोकप्रिय व्यक्तिलाई टिकट दिनुपर्नेमा जोड दिदै आउने स्थानीय चुनावमा यस जिल्लाका सातवटै स्थानीय तहमा हामी संगै सहकार्य गरि नेपाली कांग्रेसको उम्मेदवारलाई जिताउन एकताबद्ध भएको उद्दघोष समेत गर्नुभएको हाे। नजिकदै गरेको चुनावहरुको लागि संगै सहकार्य गर्न सबैलाई एकताको लागि आह्वान समेत गर्नुभएको हाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

