भन्दिन म जिवनमा नासो चाहिन्छ । पासोमा पर्न पनि त पासो चाहिन्छ ।। म निस्किदा सधैँ बादल मात्रै लाग्छ । यो आकासलाई पनि हाँसो चाहिन्छ ।। तिमिले शिखर चुम्नुमा म शून्य जस्तै भए। गुन्द्री बुन्न पनि आखीर हतासो चाहिन्छ ।। घर बल्दा थाहा नपाउनेहरुलाई पनि । अचेल अगरबत्ती जल्दा चासो चाहिन्छ।। 📖मुक्ती तिवारी राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।