पुरन अधिकारी ,पश्चिम नवलपरासी
बैदेशिक रोजगारीले धेरैको जिवनमा गरिबीलाई चिर्दै सम्पन्नता मात्र ल्याएको छैन, सङ्ग सङ्गै सहनै नसक्ने पीडा बेदना र जिवनभरि भुल्न नसक्ने घाउ समेत दिएको छ।
अाज हामी बैदेशिक रोजगारीको क्रममा अाइपरेको यस्तै कहालिलाग्दो एउटा घटनाको बारेमा यहाँहरु लाई जानकारी दिने कोशिश गर्दैछौ।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वार्ड न.१ बनाहा कि सरस्वती घिमिरे अाफ्नो परिवारको राम्रो भविष्यको सपना बुन्दै करिब दस वर्षअघि वि.स.२०६८ सालमा बैदेशिक रोजगारीमा जाने सोच बनाउनुभयो र सोही क्षेत्र(खकरिबारी गाउँ ) को महिला एजेन्ट मार्फत भारतको बाटो हुँदै रोजगारीका लागि साउदी अरब जानुभयो ।

सरस्वती बिदेश गएको छ महिना सम्म परिवारमा न त उनको हालखबर थाहा भयो न त उनले पठाएको पैसा नै अायो।एक दिन सरस्वतीलाई बिदेश पठाउने एजेन्ट उनको घरमा अाई छोरी शुशिलालाई भेटि अामाले पैसा पठाउनु हुन्छ हजुरको मोबाइल न.दिनु भन्दै मोबाइल न.र अरु अावश्यक कागजात समेत लिएर गइन।
(त्यसपछि शुरु हुन्छ यस परिवारमा एउटा कहालिलाग्दो घटना)

एजेन्टले छोरी शुशिला सङ्ग मोबाइल न.र अरु कागजात लगेको केही दिनमै काठमाण्डौ बाट उनलाई फोन अाउछ हजुरको अामाको क्षयरोगका कारण साउदी अरबमा मृत्युु भएको छ र शव नेपालको एअरपोर्टमा अाउदैछ शव बुझ्न अाउनुहोला ।धेरै समयसम्म शव साउदी अरबमा रहेको र क्षयरोगले थलिएका कारण शव हेरेर शुशिलाले अामाको पहिचान गर्न नसकेतापनि शव सङ्गै अाएको अामाको नाम र फोटो रहेको ०५९६७४१५ न.को राहदानीका कारण शव अाफ्नै अामाको हो भनी परम्परागत रूपमा दाहसंस्कार समेत भयो।
तर अचम्म अामाको दाहसंस्कार गरेको ६ वर्ष पछि (करिब ३ वर्ष अगाडि ) शुशिलालाई वार्ड कार्यलयमा बोलाई तपाईंको अामा सरस्वती घिमिरे साउदी अरबको रियाद स्थित मालाज सुजिन जेलमा अाफ्नै मालिकको हत्या गरि ६ वर्ष देखि जेलमा रहनु भएको साउदी स्थित नेपाली राजदुतावासबाट जानकारी अाएको बताउँछन् ।यो खबर पाए सङ्गै शुशिला अचम्मित हुन्छिन् किनकि करिब ६ वर्ष अगाडि साउदीबाट अाएको अामाको शव बुझि दाहसंस्कार समेत भईसकेको थियोे ।
सम्योगवंश त्यस समयमा बैदेशिक रोजगारीका लागि शुशिलाका भाई साउदी अरबमा नै कार्यरत भएकाले शुशिलाले भाईलाई साउदी स्थित मालाज सुजिन जेलमा गई यथार्थ बुझ्न फोन मार्फत अाग्रह गर्दछिन।केही दिन पश्चयात साउदीबाट भाईले दिदी शुशिलालाई अामा जेलमा नै रहेको अामाको भनाइ अनुसार अाफुले काम गर्ने घरको साहुनीले परपुरुष सङ्ग लागेर अाफ्नै श्रीमानलाई चक्कु प्रहार गरि हत्या गरेको र सोही चक्कु अाफुलाई समात्न लगाई बाथरुममा कैद गरि त्यहाको प्रहरीलाई फोनगरि बोलाई हत्या अारोपमा फसाएको अाफु त्यसबेला भर्खर साउदी अाएको हुदा भाषा समेत नजान्ने र नबुझ्ने हुदा विभिन्न कागजातमा समेत हस्ताक्षर गर्न लगाई हत्या अारोपमा जेलमा ६ वर्ष देखि कैद गरेको र अाफु निर्दोष रहेको अामाले बताएको भाईले दिदी शुशिलालाई जानकारी गराए।
यो कुरा थाहा पाएपछि शुशिलाले अामाको उध्दारका लागि चारैतिर सक्दो प्रयास गरिन तर त्यो प्रयास अाज सम्म ३ वर्ष भईसक्दा पनि सार्थक हुन सकेको छैन ।हिजो अाज साउदी अरबको जेलबाट लुकिछिपि कहिलेकाही शुशिलालालाई अामा सरस्वतीको फोन समेत अाउने शुशिलाले बताउँछिन् । अामा यतिका वर्ष जेलमा बस्दा मानसिकरूपमा विक्षिप्त भएको फोनमा हुने कुराकानीबाट प्रष्ट हुने समेत शुशिलाले बताउँछिन् कुराकानीमा अामाले कहिलेकाही यतिका वर्ष समेत मलाई फासी नभएको म निर्दोष भएकोले हो मलाई एक दिन न एक दिन जेल मुक्त गर्छ भन्छिन भने फेरि केही क्षणमै अबको केही समयपछि (२/४महिना पछि) मलाई फासी हुन्छ समेत भन्न भ्याउछिन ।
हामीले केही गरि हाम्री निर्दोष अामालाई जेलमुक्त गर्न सकेनौ भन्दै सम्बन्धित निकायमा हार गुहार गरिदिन आग्रह समेत गर्दछिन ।अाशै अाशामा भौतारिरहदा बैदेशिक रोजगारीमा रहेका समस्यालाई सामी परियोजनाले न्यायका लागि सहजिकरण गर्ने थाहापाई शुशिला परासी स्थित आप्रवासी स्रोतकेन्द्र मा गई सम्पूर्ण घटना विवरण बताएको र त्यहा स्थित परामर्शकर्ता रमा अालेले घटनाको विवरण पिएनसिसि मा रिफर गरेको ले साउदी अरबको कानुन बमोजिम नै केश अगाडि बढ्ने जानकारी गराए पश्चयात शुशिलाले अामाको उध्दार होलाकि भन्ने अाशा राखेकी छन्।
त्यहाको कानुनी प्रक्रिया के छ साउदी अरबमा रहेको नेपाली राजदुताबासले केही सहयोग गरे अामा जेल मुक्त हुन्थिन् कि! हामीले अामा भनी दाहसंस्कार गरेको शव कस्को थियो ? हिजोआज शुशिला यस्तै कुरामा पिरोलिरहेकि छिन। एक चोटि दाहसंस्कार गरिसकेको अामाको पुन: गर्न नपरोस् यहि सोचमा उनी दिन काट्दै छिन।।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

