राजन कुमार बानिया पर्सा २ पुस टि २० सामुहिक युवा टिम बसन्तपुरद्वारा पोखरिया नगरपालिकाको वडा नं ३ बसन्तपुर खेलमैदानमा जारी पहिलो टी–२० क्रिकेट प्रतियोगितालाई एक कार्यक्रमका बिच प्रमुख अतिथि पोखरिया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियारले उदघाटन गर्नु भएको छ। उदघाटन कार्यक्रमलाई संबोधन गर्दै नगरप्रमुखले भने खेलबाट मस्तिक र शारिरिक बिकास हुन्छ । खेलले गर्दा रोगहरु लागदैन शरीर फुर्तिलो र स्वास्थ बनाउनको साथै युवाहरुले खेलबाट गाउँ र देशको नाउँ पहिचान गराउ्छन । देशमा भौतिक बिकासको साथै खेलको बिकासमा युवाहरुको अवस्क्ता रहेको नगरप्रमुख रौनियारले बताए । जब सम्म युवाहरुको बिकास हुदैन जबसम्म देशको बिकास हुदैन। खेलाडी युवाहरुको पोखरिया नगरपालिकाबाट सधै सहयोग गरि युवा खेलाडीहरु लाई साथ र सहयोग गरि अगाडि बढाउने प्रतिबद्धता गर्नु भएको हो। टि २० क्रिकेट प्रतियोगता समाजसेबी रामबाबु साह (जयगुरुदेव )को अध्यक्ष्ातामा भएको थियो । टि २० क्रिकेट टुनामेन्ट प्रतियोगितामा स्थानिय समाजसेबी शम्भु कलवार, शिक्षक नजमुल होदा, राजु रौनियार लगायतले खेलको शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो। खेलमा कल्बका फरियाद मियाँ,संतोष साह तेली,मुकेश पटेल,अटल बिहारी साह लगायतको सहभागिता रहेको थियोे । टि२० सामुहिक युवा कलब बसन्तपुर को अायोजना भएको टि२० क्रिकेट प्रतियोगिता अाज भएक खेलमा कालिकामाई र बिन्दबासनी गाउँपालिका बिच खेल भएको थियो कालिकामाई क्रिकेट टिमले पहिलो टस जिति गरेको ब्याटिङमा अौल अोभर खेलि ६ बिकेट गुमाउदै १५३ रन बनाएको थियो भने बिन्दबासनी क्रिकेट टिमले १० अोभरमा अौल बिकेट गुमाउदै ७० रन बनाए र पराजित भएको थियोे । अाजको खेलमा कालिकामाईले ८३ रन बाट जित हासिल गरेका छन। खेलको मैनअफ दि मैच कालिकामाईका खेलाडी मनु कुमारले ३७ रन बनाउदै ४ बिकेट लिएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।