नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रभावशाली नेता देवेन्द्रराज कण्डेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहूमतका साथ विजयी गराउन र कांग्रेसमा रूपान्तरण गर्न सभापति शेरबहादुर देउवा पक्षबाट पुनः उम्मेदवारी दिएको कण्डेलले बताएका छन् ।
पूर्व गृह राज्यमन्त्री तथा पार्टीका प्रभावशाली नेता कण्डेलले पुनः केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
कण्डेलले माओवादीको सशस्त्र द्वन्द्वकालमा गृह राज्यमन्त्रीको भूमिका निर्वाह गर्दा चर्चामा आएका थिए । माओवादीका शीर्ष नेताहरूको टाउकोको मोल तोकेर गृह राज्यमन्त्री कण्डेल राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा चर्चामा आएका थिए ।
द्वन्द्वकालमा तत्कालीन माओवादीबाट १७ राउन्ड गोली प्रहार भएर आक्रमणको प्रयास समेत भएको थियो । मृत्युलाई समेत जितेर भाग्यले बाँचेका कण्डेलले जीवनलाई नाफाको जिन्दगी भन्ने गरेका छन् । उनले आफूलाई पूर्णतः कांग्रेसको काममै खटाएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

