Rashtriya Dainik

सुनवलमा काङ्ग्रेस प्रवेश गर्नेको लर्को

पुरन अधिकारी ,पश्चिम नवलपरासी

नेपाली काङ्ग्रेस सुनवल नगरपालिका वार्ड न.४ कार्य समितिको अायोजनमा शुभकामना अादान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सुनवल ४ चारघरेमा सम्पन्न भएको छ।

वार्ड सभापति बालकृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापाको प्रमुख अातिथ्यता रहेको थियोे भने सुनवल नगर सभापति सोम बहादुर रायमाझी ,ट्रेड युनियन काङ्ग्रेस नवलपरासीका अध्यक्ष ज्ञानहरि अर्यालज्युुको विशिष्ट अातिथ्यता रहेको कार्यक्रममा सुनवल नगरकार्य समितिका पदाधिकारी ,तरुण दल,क्षेत्रीय प्रतिनिधि एवं स्थानीयहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

चारघरे,पाँचघरे र समईटोला गरि तीन टोलका २५३ जना सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि काङ्ग्रेसमा प्रवेश समेत गरेका छन भने नव अागन्तुकमध्ये बाटै चारघरेमा मित्रलाल ढकाल सभापति ,पाँचघरेमा रेशम बहादुर अाले सभापति एवं समईटोलमा बाल कुमार तमाङ्ग सभापति चयन गरि टोल समिति समेत गठन भएको वार्ड उपसभापति प्रेम नारायण लम्सालले जानकारी दिनुभयो ।

सुनवलमा काङ्ग्रेसको बाहुल्यता बढ्दै जानुमा काङ्ग्रेसको कार्यशैली एवं विकास तर्फको लहर मुख्य विषय रहेको र अाफुले जनता मुखि कार्यक्रमलाई सदैव प्रमुखतामा राखि कार्य गरेको र यो नवअागन्तुकको लहरले अाफुलाई अझ सकृय हुन घचघचाएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख भिम बहादुर थापाले बताउनुभयो ।कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि काङ्ग्रेस प्रवेश गरेकाहरुले अरु पार्टीले जनताको सुख-दुख: नबुझेको र बहुमतको सरकार छदा छदै पनि काङ्ग्रेसले सरकार चलाउनु परेकाले अन्तत: काङ्ग्रेसले मात्र देशमा दिगो विकास गर्न सक्ने भएकोले अाफुहरु यस पार्टीमा प्रवेश गरेको जानकारी समेत गराए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित