रामु भुसाल,
पश्चिम नवलपरासीको ईन्द्रेणी समाजिक विकास मञ्च बर्दघाट ९ पञ्चनगरको ३५ औँ स्थापना दिवस एक कार्यक्रमका बीच सोमबार सस्थाको प्रांगणमा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष कर्दम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सस्थाका पदिाधिकारी, कर्मचारीहरु बीच शुभकामना आदान प्रदान समेत गरिएको थियो । कार्यक्रममा मञ्चका निर्वतमान अध्यक्ष एवं कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदीले सस्थाले विभिन्न आरोह अवरोह पार गर्दै ३५ औँ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा सबैलाई शुभकामना दिदै सस्थाले समाजिक क्षेत्र र न्यायिक क्षेत्रमा काम गरिरहेको र यसका लागी सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो । २०४३ साल कार्तिक २२ गते स्थापना भएको यस मञ्चले हाल नवलपरासीका सात वटै तह लगाएत अन्य जिल्लाहरुमा समेत आफ्नो गतिविधिहरु सञ्चालन गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । मञ्चले सुरक्षित बैदेशिक रोजगारीका लगाी नेपाल सरकारको साझेदारीमा सुरक्षित आप्रवासन परियोजना सामि, फेयरमेडको साझेदारीमा स्वास्थ्य सम्बन्धि कार्यक्रम, कोभिड सम्बन्धि कार्यक्रम, जल अधिकार, मानव अधिकार, महिला अधिकार, बाल अधिकार र भुमि अधिकार लगाएतका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको र मञ्चमा नेपाल सरकार र विभिन्न दातृ निकायको सहयोगमा ६ वटा परियोजना मार्फत ६५ बढी कर्मचारीहरुले निरन्तर सेवा दिइरहेको सस्थाका सचिव होमराज कुंवरले जानकारी दिनुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

