Rashtriya Dainik

भारतीय सुरक्षाकर्मी एसएसबीद्वारा सुस्तामा मेजरिङ्ग टेप र रजिस्टार बुक सहित नाप नक्सांकन

पश्चिम नवलपरासीको सुस्ताको बिबादित भुमीमा भारतीय सुरक्षाकर्मी एसएसबिद्वारा नाप गर्ने फित्ता(मेजरिङ्ग टेप) र रजिस्टार बुक सहित नाप नक्सांकन गरेको छ ।

बिबादित जग्गाको भारत तर्फको सिमा देखि अर्धसैनिक बलका एक दर्जन सुरक्षाकर्मीले नेपाली भुभागमा नाप गर्ने फित्ता(मेजरिङ्ग टेप) र रजिस्टार बुक सहित नाप नक्सांकन गरेको स्थानीय अजोध्या केवटले जानकारी दिएका छन् ।

भारतीय सुरक्षाकर्मी एसएसबीहरूले नेपाली भूभागको नक्सांकन सहित नाप जाच गरेको हुनसक्ने स्थानीय बताउँछन् ।

नेपाली भुमीमा भारत तर्फको सिमा देखी नेपाल तर्फको सिमा सम्मको बिबादित जग्गामा भारतीय सुरक्षाकर्मी एसएसबीले फित्ता(स्केल) द्वारा नाप गर्दै आइरहेको बेला सुस्ताका स्थानीयबासीले देखेपछि प्रहरी चौकीमा खबर गरेको थिए ।

स्थानीयवासीको खबर पाउन साथ सो स्थान तर्फ सुस्ता प्रहरी चौकीका टोलीहरु पुग्दा भारतीय सुरक्षाकर्मीहरु त्यहाबाट भागिसकेको सुस्ता बचाउ अभियानका प्रबक्ता रबिन्द्र कुमार जयसवालले बताएका छ्न ।

गत बर्ष पनि भारतीय सुरक्षाकर्मी एसएसबीले नेपाली भुभाग र सीमा क्षेत्रमा ड्रोन उडाएर नक्सांकन गरेको थियो भने अहिले नाप जाच गर्ने फित्ता (स्केल) र रजिस्टार बुक लिएर सुस्तामा रहेकोे बिबादित भुमिको नाप नक्सांकन गरेको हाे ।

सो बिषयको बारे बुझ्नको लागी नेपाल प्रहरी र नेपाल सशस्त्र प्रहरी सिमा सुरक्षा बललाई पनि परिचालन गरेको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख धर्मेन्द्र कुमार मिश्रले बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित