Rashtriya Dainik

राजनीति भेट्बार्ता गर्न नेपाल परिवार दलको केन्द्रिय अध्यक्ष भारत प्रस्थान

महेश सिंह सिरहा लहान २१ कात्तिक ।नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाल भारत प्रस्थान गर्नु भएको छ।इंडियन फाउंडेशनको निमन्त्रणामा कार्तिक २१-२३ सम्म बिहारको नालन्दा विश्वबिद्धालयमा आयोजित बिशेष सभामा ढकालले सम्बोधन गर्नु हुनेछ ।

सम्मेलनमा कोभिड-१९ पश्चातको विश्व व्यबस्थाको बारेमा भारत र विश्वका प्रशिद्ध व्यक्तित्वहरुले सम्बोधन गर्नु हुनेछ भने भारतका महामहिम उपराष्ट्रपति श्री एम.वेंकैया नायडुले उद्घाटन गर्नु हुनेछ।

बिहारका राज्यपाल फागु चौहान र मुख्यमन्त्री नितिश कुमारले पनि उद्घाटन सत्रमा सम्बोधन गर्नु हुनेछ। पूर्व मन्त्रि ढकालको भ्रमण दलमा परिवार दलका प्रबक्ता सन्तोष पौडेल र दक्षिण एशिया मामिलाका संयोजक कृष्ण अधिकारी लगायतका ब्यक्तीहरुको उपस्थिति रहने भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित