पर्सा, २० कात्तिक / तेश्रो मुलूकबाट आयात भएको ड्रोन केमरा अबैध तरिकाले भारततर्फ निर्यात भइरहेको एक घटनाले प्रष्ट पारेको छ । तेश्रो मुलूकबाट नेपाल भित्रिएको ड्रोन केमरा केही कुख्यात तस्कर संगठनहरूको सहयोगमा अबैध तरिकाले भारततर्फ निर्यात हुँदै आएको एक घटनाले प्रष्ट पारेको हो ।
बिहिबार रातिको समयमा करीब ७ लाख बराबरको ८ थान ड्रोन केमरा भारततर्फ निर्यात गर्दा गर्दै सशस्त्र प्रहरी बल नेपालको टोलिले नियन्त्रणमा लिएको छ । २ नम्वर छिनमस्त बाहिनीबाट खटिएको टोलिले बिशेष सूचनाको अधारमा करीब ७ लाख बराबरको ड्रोन केमरा र करीब ७५ हजार बराबरको एक थान मोटरसाइकल नियन्त्रणमा लिएको घटनाले ड्रोन केमरा तस्करीमा ठुला बडा तस्कर समूह सक्रिय रहेको प्रष्ट भएको हो । २ नम्बर बाहिनीबाट सशस्त्र प्रहरी हवलदार मन्तोश सिंहको कमान्डमा खटिएको स्कवाड टोलिले बिशेष सूचनाको अधारमा मुख्यपटी गाउपालिका वडा नम्वर १ मुसरनिया घाट हुँदै भारततर्फ लादै गरेको अवस्थामा नियन्त्रणमा लिएको बताइन्छ ।
नेपाल र भारतको सीमा हुँदै अबैध तरिकाले भारततर्फ लैजादै गरेको अवस्थामा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । दैनिक रूपमा उक्त नाका हुँदै १० देखि १५ कार्टुनसम्म ड्रोन केमरा भारततर्फ निर्यात हुँदै आएको श्रोतले जनाएको छ ।
छिन्नमस्त बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरका अनुसार सीमाबाट हुने अबैध क्रियाकलाप नियन्त्रणको निम्ति स्कवाड टोलि गठन गरेको बताए । सीमामा रहेका बोर्डर आउट पोस्टका केही कर्मचारीहरूले बदमासी गरिरहेको गुनासाहरू आउन थालेपछि स्कवाड टोलि गठन गरेको बताए । तिहार तथा छठ पर्वको समयमा अलि सहजता अपनाइएपनी छठ पर्व पश्चात् कडा रूपले बदमासी गर्ने अधिकारीहरूलाइ कारवाहीको दायरामा ल्याउने, उनले बताए । स्कवाड टोलिले बरामद गरेको करीब ७ लाख ७५ हजार बराबरको ड्रोन केमरा र मोटरसाइकल अवाश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको, उनले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

