Rashtriya Dainik

संनातन हिन्दु धर्मावलम्बी प्रति बंगलादेशमा भएको ईस्लामिक जेहादी विरुद्ध बिश्व हिन्दु परिषदको ध्यानाकर्षण

महेश सिंह / सिरहा लहान २० कार्तिक- बंगलादेशमा भएको ईस्लामिक जेहादीले गरेको हत्या हिंसा विरुद्ध सिरहामा संनातन हिन्दु धर्मावलम्बीहरु आन्दोलीत भएका छन्।

बिश्व हिन्दु परिषद नेपाल र ईस्काँन नेपालले ईस्लामिक जेहादी विरुद्ध बिश्व हिन्दु परिषदको ध्यानाकर्षण भएको छ।
उक्त घटनाको विरुद्धमा सिरहा लगायत नेपाल भरीका हिन्दु धर्मावलम्बीहरुले न्यायका लागी बंगलादेश सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन्।

उक्त कार्यक्रमको विरुद्ध सिरहाको बरियारपट्टी गाउँपालिका ५ जिझौलमा एक दिने सनातन हिन्दु धर्म सभा एंव समाजिक उत्थान कार्यक्रमको आयोजना गरेका थिए।

हिन्दु राष्ट्रिय स्वभिमान जागरणको अभियन्ता सुर्य नारायण यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि परमपुज्य चिन्तामणी गौस्वामी महाराजको आतिथ्यता रहेका थिए।

उक्त कार्यक्रमको विशिष्ट अतिथिहरुमा बिश्व हिन्दु परिषद नेपालका राष्ट्रिय महाँसचिव जितेन्द्र सिंह,पुर्व राष्ट्रिय सभा सदस्य तथा बरिस्ठ समाज सेबी अमीर कुमार यादव,अतिथिहरुमा सिया राम दास जि महाराज,हिन्दु परिषद गाउँपालीका अध्यक्ष भोगेन्द्र प्रसाद यादव,वरिष्ठ समाज सेबी तथा मधेस प्रेमी गितकार भगबत यादव,

अभियानता जंगबहादुर सिंह वरिष्ठ चर्चित गायक राज कुमार यादव,बिश्व हिन्दु परिषद नेपालका सिरहा जिल्ला सचिब शिब देब साह,नेपाल पत्रकार महासंघ सिरहा सखाको जिल्ला कार्यसमिति सदस्य तथा नेपाल पोस्ट दैनिक र रिपोर्ट नेपालका सिरहा सम्बादाता पत्रकार महेश सिंह बिश्व हिन्दु परिषद नेपालका सिरहा संचार प्रमुख समेत रहेका छन्।

कार्यक्रममा हजारौं बुद्धिजीवी र हिन्दु धर्मावलम्बीहरुको सहभागीता रहेको थियो।बंगलादेशमा सनातन हिन्दु धर्मावलम्बीहरु माथी ईस्लामिक जेहादीद्धारा भएको हत्या,हिंसा र ११,१२ बर्शिय बालिका बलतकृत भएका छन्।उक्त स्थानमा रहेको एतिहासिक देबी देउता तथा मठ मन्दिर तोडफोड र आगजनी गरेका थिए।

उक्त हिन्दु धर्मावलम्बीहरुलाई धर्म परिबर्तन लगाउनु पर्ने लगायतका समाजिक बिकृती बिसंगती विरुद्ध एवं सनातन धर्म रक्षाको लागी एक दिने छ्लफल तथा गोष्टिको आयोजना गरेका थिए।बंगलादेश सरकार विरुद्ध अवाज उठाउन सम्पुर्ण हिन्दु धर्मावलम्बीहरुलाई आग्रह गरेका हुन्।

ईस्लामिक जेहादी विरुद्ध सिरहामा बिश्व हिन्दु परिषद नेपालले सकृय सांन्ती पुर्ण आन्दोलन गर्दै आएका छन्। बिश्व हिन्दु परिषद नेपालका सिरहा सचिब शिब देब साहले जानकारी दिनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित