वीरगंज/ कार्तिक १७ गते।
पर्सा प्रहरीले लाखौं मुल्य बराबरको विभिन्न किसिमको पटकाहरु नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यलय पर्साको मातहत रहेको जिल्ला भरिको विभिन्न स्थानवाट विसफोटक पदार्थ रकेट पटका ३५ प्याकेट , नागिन पटका १२५० प्याकेट , फुलझरी ८०० पीस ,रकेट फुलझरी १२० पीस , विडी पटका ७बोरा , कोबरा बिडी १०६ , चकलेट पटका ४० प्याकेट , झिरझिरी १२० पी, टेनसिट १०० पी , seven shoot २० प्याकेट , लगाएतका पटकाहरु नष्ट गरेको छ।

त्यसै गरि प्रहरीले नष्ट गरेको पटका करिव १ लाख पचास हजार बराबरको पटका नष्ट गरेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

