Rashtriya Dainik

प्रहरीद्वारा करिब १० लाख मुल्य बराबरको अवैध मालसामान बरामद

संजय कुशवाहा / नवलपरासी १४ कार्तिक

पश्चिम नवलपरासी प्रहरीले भन्सार छली चोरी पैठारीमा गरी ल्याएको अन्दाजि ९ लाख ९७ हजार ८ सय ४० मुल्य बराबरको अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ ।
आइतबार बिहान अवैध रुपमा भन्सार छली ल्याउदै गरेको अन्दाजी ४ लाख ४ हजार ३ सय ४० मुल्य बराबरको बिभिन्न किसिमका कपडा, झालर, हुक्का फेलेवर लगायतका मालसामान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा न. १२ सेतोपुल स्थितबाट बरामद गरेको हो ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा न.४ टि.सि.एन चोकमा चेकजाँचको क्रममा अन्दाजी २ लाख ८४ हजार ६ सय मुल्य बराबरको टिसर्ट, हुट, लेगिज, टप्स, हाईनेक, टाउजर लगायतका बिभिन्न किसिमका कपडा बिभिन्न गाडीहरुमा वेवारिसे अवस्थामा फेला परेको हो ।

त्यसैगरी बर्दघाट नगरपालिका वडा न. ४ राधाकृष्ण मन्दिर स्थितमा भारतबाट अवैध रुपमा ल्याइ लुकाइ छिपाई राखेको ५० बोरामा २५ सय किलो चिनी ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो । उक्त चिनीको अन्दाजी मुल्य १ लाख २५ हजार बराबर रहेको छ ।

त्यसैगरी दिउँसो अवैध रुपमा भन्सार छली ल्याउदै गरेको अन्दाजी १ लाख ८३ हजार ९ सय मुल्य बराबरको साडि, सल, कुर्ता, सुरुवाल लगायतका बिभिन्न किसिमका कपडा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा न.७ बुलन्दपुर स्थितबाट बरामद गरेको हो । उक्त सामान मोटर साईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेका थिए ।
उक्त बरामद गरिएको सम्पुर्ण मालसामानहरु आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित