उमेश बि.क/ नवलपरासी ,१४ कार्तिक
एमाले , माओवादी,जसपा लगायत अन्य पार्टी परित्याग गरि १०० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ गाेबरहिया काेटहि मन्दिरमा शुभकामना अादानप्रदान ,सपत ग्रहण तथा पार्टी प्रबेश कार्यक्रमको अवसरमा विभिन्न पार्टी परित्याग गरि १०० जना भन्दा बढी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद देबेन्द्रराज कण्डेलबाट टीका तथा खादा ग्रहण गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन।

नेपाली काङ्ग्रेस सरावल गाउँपालिका कार्यसमितिकाे अायाेजनामा पार्टी सभापति बिनाेद कुमार पाण्डेयकाे सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद देबेन्द्रराज कण्डेलकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै केन्द्रीय सदस्य कण्डेलले नेपाली काङ्ग्रेसको बिचार र सिद्वान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने, अवसरहरुलाई समान रुपमा वितरण गर्ने नया पुरानो नभनी भेदभाब नगरिने उनले बताए। नेपाली काङ्ग्रेसमा आबद्ध सबैले आफ्नो समस्यामा र समाजका समस्यामा हातेमालो गरेर अघी बड्न सुझाब दिदै नेपाली काङ्ग्रेस सबै वडा स्तरका कार्यकर्ता सक्रियताका साथ लागेर काङ्ग्रेस बलियो बनाउन अाग्रह गर्नुभएको थियो । अहिले सम्मका परिवर्तनहरुमा काँग्रेसको नेतृत्वदायी भूमिका रहेको बताउँदै अब यश क्षेत्रकाे विकास र समृद्धिको नेतृत्व समेत काँग्रेसले नै गर्ने बताउदै नवप्रवेसि कार्यकर्तालाई शुभकामना ब्यक्त गर्नुभएको हाे । साथै विदेशी नागरिकले नेपालीसंग विवाह गरेको सात वर्ष पछि मात्र नागरिकता प्रावधान हटाउँदै विवाह लगत्तै नागरिकता दिनु पर्ने जोड समेत दिनु भएको थियो।

कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सभापति बिष्णु पाैडेल, उपसभापति अनिल कुमार गाैड,केन्द्रीय संगठन बिभाग सदस्य माेहन प्रसाद शर्मा, केन्द्रीय शिक्षा बिभाग सदस्य राधेश्याम पाठक, महासमिति सदस्य एवं सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी,प्रतापपुर गाउँपालिका उपसभापति राजु अधिकारी ,नेपाल महिला संघ सभापति कमला तिवारी ,सरावल ५ सभापति कमलेश्वर गाैड लगाएतकाे वक्ताहरुले समृद्ध नेपाल निर्माण गर्न नेपाली काङ्ग्रेस बाहेक अर्को विकल्प नभएकोले काङ्ग्रेस प्रति लहर जागेको दाबी गर्दै नवप्रवेसि सदस्यहरुलाई स्वागत सहित शुभकामना ब्यक्त गर्नु भएको थियाे।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता ,कार्यकर्ता तथा नेपाली काङ्ग्रेसको बिचारधारालाई मान्ने शुभेच्छुककाे उल्लेखनीय सहभागीता रहेको थियोे ।



राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

