संजय कुशवाहा / नवलपरासी १४ कार्तिक
पश्चिम नवलपरासीले प्रहरीले चोरी भएको २ थान सुनको सिक्री सहित २ जना व्यक्तीलाई पक्राउ गरेको छ । शनिबार बिहान बर्दघाट नगरपालिका वडा न. ११ लण्डनब्रिज स्थितमा पैदल हिडिरहेकी एक महिलाको घाटीमा लगाई राखेको सुनको सिक्री मोटरसाईकलमा सवार अपरीचित मानिसहरुले लुटी भागेको भन्ने सुचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी ईकाइ समेतबाट प्रहरी टोली खटिई चेकजाँच बढाई निजहरुको पहिचान तथा खोजी गरिएको थियो ।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा न. ५ बुद्धचोक स्थितमा लु ७४ प ४५०८ नम्बरको मोटरसाईकलमा सवार रहेका सुनवल नगरपालिका वडा न. १२ बस्ने देवराज यादव र रामग्राम नगरपालिका वडा न. १३ बस्ने अजय केवट समेतलाई पक्राउ गरीएको हो । निजहरुको साथबाट २ थान सुनको सिक्री प्रहरीले बरामद गरेको छ । बरामद भएको सिक्री मध्ये एक थान १३ गते बर्दघाट नगरपालिका वडा न. ११ लण्डनब्रिज स्थिबाट र अर्को एक थान ९ गते बर्दघाट नगरपालिका वडा न.१३ धनेवा स्थितबाट चोरी गरेको खुल्न आएको छ । पक्राउ परेका दुबै जनालाई चोरी मुद्दामा मुद्धा दर्ता गरी आवश्यक अनुसंधान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बताएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

