Rashtriya Dainik

रुपन्देहीको सियारीमा नेपाली काङ्ग्रेसद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

राजन चाैधरी / रुपन्देही , १४ कार्तिक

रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ६ र ७ मा शुभ दिपावली तथा छठ पर्वको अवसरमा नेपाली काङ्ग्रेसकाे शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ।

सियारी गा. पा वडा नम्बर ६ र ७ को नेपाली काङ्ग्रेस वडा कार्यसमितिकाे आयोजनामा शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रम होटेल सत्कारमा सम्पन्न भएको हाे।

वडा न. ६ को सभापती मीन बहादुर रोका र वडा न. ७ को महेन्द्र राज घिमिरेको सभापतित्वमा तथा नेपाली काङ्ग्रेस जिल्ला सभापती अब्दुल रज्जाककाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाली काङ्ग्रेस जिल्ला सभापती अब्दुल रज्जाकले नेपाली काङ्ग्रेसको बिचार र सिदान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने अवसरहरुलाई समान रुपमा वितरण गर्ने नया पुरानो नभनी भेदभाब नगरिने उनले बताए। काङ्ग्रेसमा आबद्ध सबैले आफ्नो समस्यामा र समाजका समस्यामा हातेमालो गरेर अघी बड्न सुझाब दिदै नेपाली काङ्ग्रेस सबै वडा स्तरका कार्यकर्ता सक्रियताका साथ लागेर काङ्ग्रेस बलियो बनाउन अाग्रह गर्नुभएको छ । अहिले सम्मका परिवर्तनहरुमा काँग्रेसको नेतृत्वदायी भूमिका रहेको बताउँदै अब यश क्षेत्रकाे विकास र समृद्धिको नेतृत्व समेत काँग्रेसले नै गर्ने बताउनु भएको हाे ।

त्यस्तै कार्यक्रमकाे बिशिस्ट अतिथी एवम जिल्ला सचिब राम कृष्ण खाँणले बुटवल मोतिपुरमा भएको घटनाकाे समस्याको सामाधान गर्ने , बाढिबाट नस्ट भएका धानबालि अर्थात पीडित किसानहरुलाइ छिटोभन्दा छिटो राहत को व्यवस्था मिलाउने,खाद्यान्नको कमि नहुने,साथै विद्युत महसुस घटाइएको पनि जान्कारी गराउनु भएको थियो

कार्यक्रममा सुरज ज्ञवालि , डासि नारायण रेग्मी ,मीन नाथ शर्मा , गोपाल पान्डे,दामोदर पंगेनी , मिथु पौडेल,सुशील गुरुङ , मातृका यादव , थानेस्वर घिमिरे , बुद्धिराम हरिजन, इस्तियाक अहमद खान लगायतले अा अाफ्नाे धारणा सहित शुभकामना ब्यक्त गर्नुभएको थियाे।

कार्यक्रममा नेपाली काङ्ग्रेसका पुर्ब जिल्ला सभापती राम चन्द्र ढकाल , जिल्ला सचिब राम कृष्ण खाण,लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य पुष्पा चौधरी , मानानिय रमा अर्याल ,संविधान सभा सदस्य इस्तियाक अहमद खान ,महासमिती सदस्य भगवती थारु,बिमल ढकाल ,बिश्नु बस्याल ,क्षेत्रिय सभापती मातृका प्रसाद यादव , क्षेत्रीय सह-सभापती प्रेम बहादुर जोहार लगाएको उल्लेखनीय उपस्थित रहेको थियो ।

कार्यक्रममा वडा नम्बर ७ मा सभाहलको लागि १५ धुर जग्गा दान गर्ने आशाराम थारुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेकपा एमाले पार्टी परित्याग गरि नेपाली काङ्ग्रेमा प्रबेस सतिस गुरुङ , वसन्त राउत, लक्ष्मण बि.क , बिकास भन्डारी , कमल कुम्हाल , मोहित पन्त, शन्कर कंडेल , धर्मेन्द्र केवत , दिनानाथ मल्लाह, अजिज मोहम्मद खा , मेवा लाल हरिजन लगायत दर्जनौं संख्यामा पार्टी प्रवेश गराइएको थियाे।

महेन्द्र राज घिमिरेले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमकाे संचालक केसब अधिकारीले गर्नुभएको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित