बारा १३ कात्तिक,
सशस्त्र प्रहरी बलको सूचना विभाग एवं ईन्टेलिजेन्ट व्युरोमा कार्यरत एक प्रहरी हवलदारको कोठाबाट तस्करीको कपडा बरामद भएको छ ।
ईन्टेलिजेन्ट व्युरोमा कार्यरत प्रहरी हवलदार गगनदेव साहले शनिवार एक तस्करबाट दुई साईकल कपडा पक्राउ गरेका थिए । पक्राउ गरेको सो कपडा कार्यालयमा नबुझाई आफ्नै कोठामा राखेका थिए । साहले सशस्त्र प्रहरी बलको माथिल्लो निकायमा आफ्नो साठगाठ रहेको हवाला दिदै उनले तस्करसँग बारगेनिङ्ग गरी मासिक लाखौ लाख असुली गरिरहेको समाचार स्रोतको दाबी रहेको छ ।
समाचार स्रोतका अनुसार सशस्त्र प्रहरी बल बारा प्रहरी उपरिक्षक रुबिन राज कर्णजितको समेत घुमुवा रहेका गगनदेव साहले सेटिङ्ग रहेका तस्करका सामग्रीहरु छोडने गरेको र सेटिङ्ग नगरी सानोतिनो कामहरु गर्ने व्यपारीहरुको सामग्रीहरु पक्राउ गरी कार्यालयमा नबुझाई आफै राख्ने गरेको अर्थात बेंची दिने गरेको जनाईएको छ ।
शनिवार पक्राउ गरेको सो कपडाहरु प्रहरी हवलदार साहले आफ्नै घरमा राखेको सूचना पाएपछि सशस्त्र प्रहरीको एक टोलीले साहको घरमा छापामारी गर्दा ५० हजार मुल्य बराबरको दुई पोका कपडा बरामद गरेको छ । सो सम्बन्धमा बाराका सशस्त्र प्रहरी उपरिक्षक कर्णजितको मोबाईलमा बारम्बार फोन गर्दा समेत उनको फोन उठन सकेन ।
यस्ता प्रहरी हवलदारलाई समयमै सशस्त्र प्रहरीको माथिल्लो निकायबाट छानबिन गरी कारवाही नगरे संगठनकै नाम डुबाउने भन्ने पक्का नै रहेको प्रहरी स्रोतको भनाई रहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

