उमेश बि.क /नवलपरासी , १३ कार्तिक
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ तुलसीनगरमा अवस्थित थारु मिलन केन्द्र भवन तथा थारु संग्रहालय उदघाटन गरिएको छ।

साविक जिल्ला बिकास समिति बाट रु.५ लाख , डा. गोपाल दहितको साँसद बिकास कोषबाट रु.१० लाख र सरावल गाउँपालिकाबाट रु .५५ लाख गरी जम्मा रु. ७० लाख साथै थप थारु संग्रहालय सँचालन तथा ब्यवस्थापनको लागि गा. पा बाट रु .५ लाख बिनियाेजित बजेटबाट बनेको संग्रहालय अाज एक विशेष कार्यक्रम गरी उदघाटन गरिएको हाे।

थारु कल्याणकारीणी सभा जिल्ला कार्यसमिति नवलपरासी र थारु मिलन केन्द्र नवलपरासीको सँयुक्त आयोजनामा था. क. स. जिल्ला सभापति मुन्द्रिका थारुको अध्यक्षता तथा संविधान सभा सदस्य माननीय पूर्व भुमिसुधार ब्यवस्था मन्त्री डा. गोपाल दहितको प्रमुख आतिथ्यतामा थारु मिलन केन्द्र भवन तथा थारु सँग्रहालय समुदघाटन गरिएको हाे।

थारु मिलन केन्द्र भवन तथा थारु संग्रहालय उदघाटन गदै पूर्वमन्त्री दहितले संग्रहालयमा थारुको पहिचान झल्किने खालको थारुको सामाग्री राखिने भएकोले थारुको पुराना संस्कृतीको जर्गान हुने बताए ।

उक्त संग्रहालयमा थारुहरुको पुराना संस्कृतीकको पहिचान झल्किने गरी थारुको चिज बस्तुहरु राखिने छ । संग्रहालयमा थारुको पहिचान झल्किने गरी ढेकी,जाता हलोजुवा,माछा मार्ने जालो,कोइन बेवा,धान राख्ने माटोको बखारी (ढेहरी,)सेको ,ढकीय,थारुको पुराना घर पुराना मठमन्दिर,तस्बिर थारुहरुको भेषभुषा राखिने सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभएको हाे।

सरावल गाउँपालिकाले संग्रहालयमा थारु समुदायको पहिचान झल्किने खालको सामाग्री खरिदको लागि रु पाँच लाख बजेट दिईएको अध्यक्ष चौधरीले जानकारी दिनुभएको हाे।

कार्यक्रममा सरावल गाउँपालिका उपाध्यक्ष उत्तम राय, जिल्ला समन्वय समिति सदस्य अाशा चाैधरी ,वडा नम्बर १ वडा अध्यक्ष भेष नरायण चाैधरी,युवा समाजसेबी नरेश चौधरी,सामुदायिक बन उपभोक्ता महासंघकी केन्द्रिय गिता चौधरी, समाजसेवी सुखाडी प्रसाद चाैधरी ,इन्द्रबहादुर चाैधरी, महेन्द्र चाैधरी लगाएतकाे सहभागीता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

