अर्जुन शाह/वीरगन्ज/कार्तिक १३ गते
पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका श्रीपुरमा वीरगन्ज सिटी रोयल युवा क्लबद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
वीरगन्ज सिटी रोयल युवा क्लबका अध्यक्ष सुरज महतो धानुककाे अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरवागीले रक्तदान नै जीवन दान हो हामी सबैले एक चोटि गर्नु पर्ने कुरामा जोड दिएका थिए।
कार्यक्रममा श्रीपुरका वडा अध्यक्ष प्रधुमन् सेढाईंले युवाहरु देशका कर्णधार भएकाले रक्तदानका साथ साथै समाजका हरेक कार्यमा सहयोग गर्न आग्रह गरेका थिए ।

रक्तदान कार्यक्रममा एक महिला सहित ४१ जनाले रक्तदान गरेका थिए। रक्तदान गर्नेमा रामबाबु मण्डल,वाल्मीकि महतो, साहेब साह कानु,नेहा मंडल, जयकान्त महतो जोशी महतो पावन महतो लगायतले दिइएका हुन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

