Rashtriya Dainik

शुद्दोधन सुनचाँदी व्यावसायीको आयोजनामा शुभकामना आदानप्रदान तथा विदाइ कार्यक्रम

तुलसीराम पौडेल /शुद्दोधन ,कार्तिक १०

रुपन्देहीको शुद्दोधन गाउपालिका -४ स्थित शुद्दोधन सुनचाँदी व्यावसायी संघले एक कार्यक्रमको आयोजना गरि विजया दशमी ,शुभ दिपावली छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान तथा विदाइ कार्यक्रमट हालै सम्पन्न गरेको छ।
सस्थाका निवर्तमान अध्यक्ष जीवन गहतराजलाई विजया दशमी तथा शुभ दिपावलिको शुभकामना आदानप्रदान कार्यक्रमको शुभ अवसरमा विदाइ गरिएको हो।
सस्थाका अध्यक्ष टेक बहादुर बिश्वकर्माको अध्यक्षता,रुपन्देही सुनचाँदी व्याबसायी संघका जिल्ला सदस्य मणिराम सुनारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
मनिष कुमार सोनारको स्वागत मन्तव्य ,सहसचिव घनश्याम रसाइलिको संचालनमा सम्पन्न कार्यक्रममा शुद्दोधन सुनचाँदी व्याबसायीका महा सचीव सुरेन्द्र कुमार सुनार, निवर्तमान अध्यक्ष जीवन गहतराज लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित