राजन कुमार बानिया/पर्सा १३ कार्तिक
पर्साको छिपहरमाई गाउँपालिका वडा नं ५ भिस्वामा रहेको कोरोना अस्पताल र बर्थिंग सेन्टरको अाज एक कार्यक्रम का बिच गाउँपालिका अधयक्ष मनोज कुमार गुप्ताले उदघाटन गर्नु भएको छ। छिपहरमाई गाउँपालिका अध्यक्ष गुप्ताले करोना अस्पताल मा रहेको बर्थिग सेन्टर लाई बिधवत रुपमा पुजापाठ गरि फिता काटेर उदघाटन गर्नु भएको हो ।उदघाटन गर्दै अध्यक्ष गुप्ताले भने छिपहरमाई गाउँपालिकामा पहिला एउटा पनि सरकारी बर्थिंग सेन्टर नहुदा यस क्षेत्रका महिला हरुले बच्चा जन्म दिन लागि भारत र सदरमुकान जानू परिरहेको थियो कतिपय महिला हरु को अकाल मृत्युु समेत हुने गरेको थियोे । जब अाफु जनप्रतिनिधि जितेर अाएपछी महिला हरु को मर्म बुझेर प्रतेक वडाहरुमा बर्थिंग सेन्टर स्थापना गरेको छु । हाम्रो गाउँपालिका का महिला र बच्चा सुरक्षित रहोस भन्ने मेरो सपना पूरा भयो ।कोरोना अस्पता र चौथो बर्थिंग सेन्टरको रुपमा वार्ड नं ५ भिस्वामा अाज उदघाटन गरि संचालन मा लयाएको छु मेरो सपना अब पूरा भयो मलाई बिश्वास छ कि छिपहरमाई गाउँपालिकाको महिला हरु ले प्रसुती गराउन बाहिर जानू पर्दैन अाफ्नै ठाउमा सुरक्षित प्रसुती गराउन सक्ने बिश्वास रहेको छ । बर्थिंग सेन्टरको साथै सबै स्वास्थ्य चौकीहरुमा एमबिबि एस डाक्टर र एम्बुलेन्स सेवा पनि रहेको छ। छिपहरमाई गाउँपालिकाको महिला, पुरुष बालबलिका हरु लाई उपचार गराउन बिरगंज र भारतमा बडि खर्च गर्न जानु पर्दैन अब अाफ्नै गाउँ ठाउँ मा स्वास्थ्य चौकीहरुमा एम बिबि एस डाक्टरहरुसंग उपचार गराउन सक्नु हुन्छ बिश्वासरहेको छ। अहिले सम्म गाउँपालिका को स्वास्थ्य चौकी मा तीन वटा एम बिबि एस डाक्टर र दुई वटा एम्बुलेन्स रहेको गापा अध्यक्ष गुप्ता ले बताए । अध्यक्ष गुप्ताले भने छिपहरमाई गाउँपालिकाको जनताहरुको लागि सहुलियत दर १२ सयमा बिरगंज सम्म एम्बुलेन्स सेवा राखिएको छ। मेरो पहिला प्राथमिकता स्वास्थ्य र शिक्षा रहेको मा स्वास्थ्य को सपना पूरा भयो अाउने दिन मा अस्पताल हुने ब्यवस्थापन गरिने बताए। शिक्षा मा छिपहरमाई गाउँपालिका का दुई ठाउँमा उच्च शिक्षा भएको र प्राबिधिक शिक्षा संचालन मा ल्याएको छ। साथै छात्र,छात्रा हरु लाई निशुल्क पठनपाठन र निशुल्क कोचिंग को ब्यवस्थापन गरिएको छ। अध्यक्ष गुप्ताले भने गाउँपालिकाले ल्याएको कन्यादान राशि दलित ,गरिब का छोरी को बिहेमा गाउँपालिकाको तरफबाट २१ हजार देखि ५१हजार सम्मको कन्यादान राशि दिने घोषणा गर्नु भएको हो। छिपहरमाई गाउँपालिकामा दुई वर्ष भित्र जन्मेका बालिकाहरुको लागि बालिका स्वर्ण बिमा गरिने बताए । राजनितिक प्रसंगमा भने मेरो बिरोधमा मेरा बिपक्षीहरुले जनता सामु अाएर अध्यक्ष गुप्ता ले भ्रमण को नाउँमा लाखौ रुपया भ्रस्टाचार गरेको छ भने र हवा बनाउने लाई मेरो चाईलेन्ज छ यदी गाउँपालिका बाट पाँच रुपैया भ्रमणमा खर्च भएको छ भने मनोज कुमार गुप्ता ले अाजबाट राजिनामा दिने त्यार रहेको छु । फटहा हरुको चकरमा नपर्न जनता हरु लाई अाग्रह समेत गर्नु भएको छ। केहीले भनिरहेको थियो कि मनोज गुप्ताले जिते बनी गाउँपालिका भिस्वाबाट अाफ्नो ठाउँमा लगछ , यसता मेरोतरफबाट केही प्रस्ताव छैन गाउँपालिका को कार्यालय भिस्वामा नै रहन्छ। फटहा हरु को चकरमा नपर्न अध्यक्ष गुप्ताले अाग्रह समेत गरेका हुन।
पहिलो बर्थिंग सेन्टर वार्ड नं ४ तुल्सीवर्वामा स्थापना गरेको छु । दोस्रो वार्ड नं २ टिहुकी सेढामा भयो।तेस्रो वार्ड नं ३ जयमंगलापुरमा बर्थिंग सेन्टरको संचालन भएको छ भने चौथो को रुप मा वडा नं ५ भिस्वामा संचालन भएको । वडा नं १ मिर्जापुर मा छिटै नै बर्थिंग सेन्टर स्थापना हुने अध्यक्ष गुप्ताले बताए । कोरोना अस्पताल स्थापनाको लागी गाउँपालिका बाट ८० लाख बजेट बाट निर्माण भएकोमा साथै बर्थिंग सेन्टरको लागि भनेको भवन ६ वटा कोठा रहेको स्वास्थ्य संयोजक शम्भु साह ले बताए । कोरोना अस्पताल र बर्थिंग सेन्टर उदघाट कार्यक्रम वडा नं ५ का वडाअधयक्ष मौजीलाल साह को अध्यक्ष्ातामा समपन भएको थियोे ।कार्यक्रममा नेकपा एमाले का गाउँपालिका अध्यक्ष पहलाद गुप्ता गाउँपालिका उपाध्यक्ष मोदिना खातुन, समसुल मियाँ , वडा महेन्द्र साह कलवार,बिनोद साह, कानु, राजबली यादव, सदस्य मुस्लिम मियाँ ,जवाहिर साह, स्वास्थ्य संयोजक शम्भु साह, एमबिबिएस डाक्टर सुशील कुमार ठाकुर लगायत ले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।कार्यक्रम संचालन मकबुल मियाँले गर्नु भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

