उमेश बि.क / नवलपरासी , १३ कार्तिक
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा कांग्रेसले कार्तिक १४ गते शुभ दिपावली तथा छठ पर्वकाे अवसरमा शुभकामना अादानप्रदान कार्यक्रमको आयोजना गर्दैछ ।
नेपाली काङ्ग्रेस सरावल गाउँपालिका कार्यसमितिकाे बैठकले शुभकामना अादानप्रदान ,सपत ग्रहण तथा पार्टी प्रवेश कार्यक्रम गर्ने निर्णय गरेकाे हाे।
शुभकामना अादानप्रदान कार्यक्रम सरावल गाउँपालिका वडा नं ४ मा अवस्थित काेटहि दुर्गा मन्दिर गाेबरहियाकाे प्रांगणमा बिहान ११ बजेदेखि हुने भएको छ।
कार्यक्रममा नेपाली काङ्ग्रेस राजनीतिक दलका नेता, कार्यकर्ता लगायतका विशिष्ट ब्यक्तित्व,क्षेत्रीय प्रतिनिधि , नेपाली काङ्ग्रेसका भातृसंगठन सदस्य ,काङ्ग्रेसका सदस्य एवं शुभेच्छुक लगाएत हजारौं संख्यामा सहभागिता रहने नेपाली काङ्ग्रेस सरावल गाउँपालिका कार्यसमिति सभापति बिनाेद कुमार पाण्डेले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

