काठमाण्डाै – कन्नड अभिनेता पुनीत राजकुमारकाे ४६ वर्षकाे उमेरमा शुक्रवार निधन भएकाे छ ।
हृदयाघातका कारण अभिनेता पुनीत राजकुमारकाे निधन भएकाे बेङ्गलुरु अस्पतालले बताएकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छन् ।
उनकाे निधनमा कर्नाटकका मुख्यमन्त्री बसवराज बाेमईले शाेक व्यक्त गर्नुभएकाे छ । पुनीतकाे निधनमा राजनीतिज्ञ, कलाकार र क्रिकेटरहरूले पनि शाेक व्यक्त गरेका छन् ।
अभिनेता पुनीतकाे निधनपछि कर्नाटक राज्यमा सबै थिएटर बन्द गरिँदै गएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनकाे निधनपछि समर्थकहरूकाे निकै ठूलाे भिड लागेकाे र त्यसलाई नियन्त्रणमा लिन प्रहरी नै परिचालन गरिएकाे बताइएकाे छ ।
पछिल्लाे पटक पुनीत फिल्म ‘युवरत्ना’ मा देखिएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

