महेश सिंह सिरहा लहान १३ कार्तिक-सेहारकर्ता बाटै बच्चालाई घरमै सुरक्षित शिक्षा दिन थाले पछी समाज नै अचम्मित भएका छन्।सप्तरीको सुरुङ्गा नगरपालीकामा सबल नेपाल नौलो शिक्षा नितिलाई समाजलाई निकै उत्साहित गरेका छन्।
पृतिसतात्मक सोचलाई बदल्दै सबल नेपालले नयाँ शिक्षण बिधिको बिकास गरेका छन्।घरमा सुरक्षित सिकाई कार्यक्रम सप्तरीमा प्रभावकारी बन्दै गए पछी अध्ययनरत बालबालिकाहरुमा बानिको बिकास भएको देखिन्छ।
स्कुल पठाउनु भन्दा अगाबै सेहारकर्ताबाटै बालबालिकाहरुलाई माउन्टेश्वरीको नयाँ शिक्षण बिधी अपन्याई आमाबाट नै खेलको माद्य्मले शिक्षा दिन थालेपछी अभिभावकहरु नै चकित भएका हुन।

सबल नेपालले बच्चाको आमाहरुलाई प्रत्येक हप्ता सहभागी गराई बच्चालाई कसरी शिक्षा दिने विषयमा प्रशिक्षण दिने गरेका छन्।सेहारकर्ताले नै आफनो बच्चालाई शिक्षा दिन थाले पछी बालबालिकाहरुमा शिक्षा संगै संस्कारको बिकास भएको समाज र अभिभावकहरुले दाबी गरेका छन्।
सप्तरीको सुरुङ्गा नगरपालीका वडा नम्बर ७ बस्नपटी, पोखरीया,हरिपुर गरि वडा नम्बर ८,र ९ मलहनमा,स्मसेरपुरमा घरमा सुरक्षित सिकाई कार्यक्रम संचालनमा रहेका छन्।
बच्चाको आमालाई नै शिक्षित बनाई सबल नेपालले शिक्षा दिन थालेका हुन्।उक्त कार्यक्रम समाज र बच्चाहरुको लागी निकै उपयोगी भएको सबल नेपालको कार्यालय प्रमुख नदकिसोर चौधरी र सवल नेपालको घरमा सुरक्षित सिकाई प्रयोजना अधिकृत राधेश्याम रामका अनुसार सबल नेपालले यति मात्र होइनन् १९ देखि माथि र ४५ बर्ष मुनिका बेरोजगार युवा युवतीहरूलाई क्षमता बिकास र सिपमुलक तालिम दिई आईआर्जन वृद्धि गराउने काम समेत गर्दै आएका प्रयोजना अधिकृत राधेश्याम रामले बताए। र सबल नेपालले देशको समय परिस्थिति अनुसार कार्यक्रमहरु संचालन गर्दै आएका छन।
सुरुङ्गा नगरपालीकाको सहकार्यमा सबल नेपालले पालिकासंग सहकार्य गरी कार्यक्रमहरु संचालन गर्दै आएका छन्।सुरुङ्गा नगरपालीकाका मेयर मुक्ति नाथ चौधरीका अनुसार हाम्रो नगरपालिकाकामा चल्दै आएका घरमा सुरक्षित सिकाई कार्यक्रम अतिनै प्रभावकारी देखि बताउनु भयो।

देशमा यस्तै शिक्षा नितिको खाचो रहेको दर्साउदै आयोजक संस्था सबल नेपाललाई उक्त सिकाई कार्यक्रम अझै ५ पाँच १० बर्ष थपगर्न मेयर चौधरीले आग्रह गर्दै धन्यवाद दिएका छन्।
उक्त कार्यक्रम अन्तर्गत करिब १०० सय जना सेहारकर्ता आमाहरुद्धारा बच्चाहरुलाई शिक्षा दिने गरेका छन्।करिब सयौं बालबालिकाहरु उक्त सिकाई कार्यक्रमबाट लभाम्बित भएका छन्।
घरमा सुरक्षित सिकाई कार्यक्रमका उदेश्य:-
१ बाल मैत्री वातावरण निर्माण घरमा गर्ने।
२ बाल मैत्री वातावरण निर्माण गर्न आमा हरु सक्छम हुने।३ ३ प्रत्येक घरमा बाल मैत्री निर्माण गर्न स्थानीय सरकारलाई नितिगत अबस्थामा सुधार ल्याउन सहजीकरण गर्ने।
आमाले शिक्षा दिने तरिका:-
सुरुङा ८ बस्ने सेहारकर्ता सुनिता कुमारी चौधरीका अनुसार घरमा सुर्छित सिकाई कार्यक्रम करिब ६ महिला देखी चल्दै छ।हामीले खेलको माद्य्मबाट बच्चालाई अभिप्रेरित गरि शिक्षण सिकाईमा जोड दिने गरेका छौं।
बच्चालाई आफू पढ्छौँ भन्ने अनुभुती न गराई सेहारकर्ता आमाहरुले घरमै बाल मैत्री वातावरण निर्माण गरी शिक्षा दिने गरेका सेहार कर्ता मनमाया कुमारी चौधरीले बताईन।
सबल नेपालको सामुदायिक परिचालक बबिता कुमारी चौधरीकी अनुसार संस्थाले प्रत्येक महिनाको ३ दिन नयाँ १० शिक्षण विधि अपन्याई बच्चाकसरी सिकाउने सो सम्बन्धि बच्चाका आमाहरुलाई प्रशिक्षण दिनेगरेका आयोजक संस्थाले जानकारी दिनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

