Rashtriya Dainik

बाल हेल्पलाइन बीरगंज मार्फत ४ बालकहरुलाई उद्दार

अर्जुन शाह/वीरगन्ज/कार्तिक १२
पर्सा जिल्लाको बीरगञ्जमा अवस्थित केन्द्रीयकारागारमा रहेका आमा बुवाका कारणले बसेका निर्दोष ३ बालक र बाटोमा रहेका १ बालकलाई उद्धार गरिएको छ
वीरगञ्ज बालमैत्री अभियान अन्तर्गत नगर प्रमुख विजय सरावगीका निर्देशनमा आज बीरगंज महानगरपालिकाका गै. स. स. शाखा प्रमुख तथा बालमैत्री फोकल पर्सन श्री मुकेश गुप्ताका अगुवाइमा, महिला वालवालिका सेवा केन्द्र पर्साका प्रतिनिधि, पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष युवराज खड्का, संचार कर्मी तिवारी यादव लगायतका समाजसेवी र आवर संसार नेपालका प्रतिनिधि हरु को समन्वयमा बीरगँज कारागारमा विभिन्न कसुरमा बस्दै आएका कैदी बन्दिहरु सँग आश्रित भई कारागार भित्रै बसिरहेका ३ जना बालक र पानीटंकी एरीयामा वेवारिसे अवस्थामा हिंसामा परेका एकजना बालक गरी ४ बालकहरुलाई बाल हेल्पलाइन बीरगंज मार्फत उद्दार गरी अस्थायी संरक्षण प्रवन्ध मिलाइएको छ । बालकहरुको परीवार खोजतलास, उचित पालन पोषण, स्वास्थ्य उपचार र मनोबिमर्स गरी आवस्यक संरक्षणको ब्यवस्था मिलाइनेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित