तुलसी राम पौडेल /सियारी, कार्तिक १२
नेकपा एमालेको दशौ महाधिवेशन अन्तरगत रुपन्देहीको नेकपा एमाले सियारी गाउपालिकाको सम्पन्न प्रथम अधिबेशनबाट नेकपा एमाले गाउपालिका कमिटी अध्यक्षमा शेर बहादुर गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ।अधिवेशनले शेरबहादुरको अध्यक्षतामा ७५ सदस्यीय गाउपालिका कमिटी सर्वसम्मत निर्वाचित गरेको छ जसको उपाध्यक्षमा इन्दिरा अर्याल , सचिवमा कमल पौडेल उपसचिवमा इन्द्रा रानाभाट र रोहित पासवान रहनु भएको छ।
नेकपा एमाले सियारी गाउपालिका प्रथम अधिवेशनले पुर्व जिल्ला कमिटी सदस्य झपेन्द्रराज अर्यालले प्रस्तुत गर्नुभएका विभिन्न प्रस्तावहरु पारीत गरेको छ।
५ दलिय गठबन्धन सरकारले भुमि सम्बन्धि आयोग खारेज गर्ने,केपी वलि सरकारले विनियोजन गरेको बजेट योजना काट्ने जस्ता जनविरोधी काम गरेको आरोप लगाउदै यसको निन्दा र भत्सर्ना गर्ने प्रस्ताव पारित गरेको छ।यो अधिवेशनले केही महिना अगाडि नेपाली नागरिक जयसिह धामी महाकाली नदि तरिरहेको अवस्थामा भारतीय सिमा सुरक्षा दलले तुइन काटी हत्या गर्नेमाथि राजनैतिक सम्बादबाट न्याय प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
यो अधिवेशनले भ्रमवश एमाले पार्टी विभाजनमा लाग्नुभएका सबै मित्रहरुलाई एमालेमा आवद्ध हुन अपिल गर्ने प्रस्ताव पारित गरेको छ।
यो अधिवेशनले कोभिडबाट सक्रमित भैइ मृत्यु हुनेहरू प्रती हार्दिक श्रद्धाञ्जली र परिवारजन प्रति समवेदना गर्दै सक्रमित सबै महानुभाव साथै माननीय घनश्याम भुसाल समेत सक्रमित हुनुभएकोले सबैको शिघ्र स्वास्थ्य लाभको प्रस्ताव पारित गरेको छ
।यो अधिबेशन निर्विरोध रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने निर्वाचित कमिटी ,निर्वाचित सबै पदाधिकारीहरु ,एवं सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना मन्तव्य व्यक्त गर्दै उक्त कार्यमा सहयोग पुर्याउनुहुने अध्यक्ष मण्डल ,कार्यकर्ता,शुभचिन्तक नेतृत्वलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पारीत गरेको छ।

निवर्तमान सियारी गाउपालिका कमिटी अध्यक्ष खेमराज गुरुङको अध्यक्षता, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एवं रुपन्देही इन्चार्ज दधी न्यौपानेको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश कमिटी सदस्य प्रेम गुरुङ ,शशी पौडेल ,गङ्गा कार्की ,जिल्ला कमिटी सचिवालय सदस्य अयोध्या थारू ,जिल्ला कमिटी सदस्य बिष्णु तिवारी ,दुर्गा दत्त सापकोटा ,कृष्ण प्रसाद भुसाल ,पुर्व जिल्ला कमिटी सदस्य झपेन्द्रराज अर्याल ,अनेम संघ केन्द्रिय सदस्य अमृता गुरुङ ,प्रवासी नेपाली संघ भारत केन्द्रीय सचिव गिरिराज बेलबासे,लगायतको आतिथ्यता,कमला भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन प्रकाश रेग्मीले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

