उमेश बि.क / नवलपरासी ,१२ कार्तिक
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पालिका अन्तर्गतको प्रत्येक मदर्शामा एक जना माैलाना राख्ने निर्णय गरेको छ ।
सरावल गाउँकार्यपालिका र शिक्षा शाखाले प्रत्येक मदरसाहरुमा मासिक रु.१५०००/- तलब दिने गरि एक जना मौलाना वा धर्मगुरु नियुक्त गर्ने निर्णय गरेको छ।

मदरसा शिक्षालाई मूल प्रवाहिकरणमा ल्याउन तथा मदरसामा अध्यापन गराउँदै आएका मौलानाहरूलाई दरबन्दी कायम गरि शिक्षक सरह सेवा सुविधा दिदै गुणस्तरीय शिक्षा प्रदानकाे लागि मौलाना वा धर्मगुरु नियुक्त गर्ने निर्णय गरिएको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको हाे।

मौलाना वा धर्मगुरु नियुक्त गर्ने निर्णयलाई सम्मान गर्दै राष्ट्रिय अाेल्मा काउन्सिल नेपालका केन्द्रीय अध्यक्ष सैयद गुलाम हुसैन साहब,माैलाना सेराज साहब , माैलाना उमर साहब ,माैलाना अमानुल्लाह साहब,माैलाजा इसराक अलि साहब, माैलाना सबरे अालम साहब,माैलाना माेहरम साहब, माैलाना जेहीरुदिन लगाएतले पालिका अध्यक्षलाई सम्मान सहित धन्यवाद ज्ञापन ब्यक्त गरेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

