Rashtriya Dainik

नेकपा एकीकृत समाजवादी निकट युवासँघ र अनेरास्ववियुले गर्‍यो बाढीपहिरो प्रभावित परिवारलाई राहत वितरण

दोरेन्द्र खड्का / बझाङ
भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परेका परिवार लाई राहात वितरण गरिएको छ।
असोज ३१ देखि ३ गते सम्म परेको अविरल वर्षाका कारण बझाङ जिल्ला मा ३० जनाको मृत्यु, संगै दर्जनौ घरमा पूर्ण क्षति, सयौ भौतिक संरचनामा क्षति, हजारौ रोपनी जमिन वाढी पहिरोले वगाएको थियाे।
लामो समय परेको अविरल वर्षाको कारण आएको बाढीले गर्दा ठुलो धनजनको क्षति भएको भन्दै नेकपा एकीकृत समाजवादी आबद्ध युवासँगका का नेता तथा कार्यकर्ता हरु ले आफैले आर्थिक संकलन गरि राहात बितरण गरिएकाे युबा संघ बझाङ का अध्यक्ष झलक घामि ले बताउनु भयाे ।युबा संघ बझाङ का संयोजक झलक धामी र अखिलका संयोजक विशाल धामीको नेतृत्वमा खप्तड छान्ना गाउँपालिक का २०घर परिवर लाई १/१ बाेरा चामल १ /१पाेका तेल १/१ के जि दाल दुई पाेका नुन बितरण गरिएकाे हाे।
आज तमैल बजार मा पिडित परिवरलाई बाेलाएर राहात बितरण गरिएकाे युवासंघ नेपाल जिल्ला कमिटि सचिब महेन्द्र खत्री ले बताउनु भयाे। उहाले भन्नू भयो युबा संघ नेपाल पार्टी को भातृ संगठन मात्र नभई समाजका समस्यहरुको समाधान गर्ने र देशमा संकट ,बिपत पर्दा जहिले पनि अगागि बढेर सहयाेग गर्ने संगठन पनि हो।
तेस्तै अनेरास्ववियुका नेता विशाल धामि ले भन्नू भायाे जिल्ला शाेकमा परेकाे बेला हामी ले कुनै पनि राजनितिक नजरले नहेर वास्तविक पडित परिवारलाई आफ्नो टिमले सके जति राहात बितरण तरेका छै।तेस्तै हिजाे झाेता देखि खच्चरमा राहत सामाग्री बोक्दै थलाराका २५ परिवारलाई १६ बलाङ्केट १५ बोरा चामल १३५ केजी दाल ५० कट्टा आटाे वितरण गरिएकाे थियाे ।र भाेलि बाकि रहेका पिडित परिवारलाई पनिराहात बितरण गर्ने बताईएकाे छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित