Rashtriya Dainik

माधोपुरमा निर्माणाधीन खानेपानी ट्याङकीमा गुणस्तर हिन सामाग्रीको प्रयोग

ललन यादब
माधवनारायण नगरपालिका वडा नम्बर ६ माधोपुरमा निर्माणाधीन खानेपानी ट्याङकीमा गुणस्तर हिन सामाग्रीको प्रयोग व्यापक रूपले भईरहेको पाइएको छ।

खानेपानी निर्माण समितिका ब्यक्तिहरु आफनो निजि स्वार्थको लागि गुणस्तर हिन छड ,सिमेन्ट र अति नै गुणस्तर हिन ईटाको प्रयोग गरिरहेको स्थानीयले बताएका छन।

संघिय सरकारबाट आएको खानेपानी तथा ढल ब्यबस्थापन बिभागको करोडौंको लागतमा निर्माण भईरहेको पानि ट्यांकि गुणस्तर हिन सामाग्री प्रयोग हुदा पनि समबान्धित निकाय मौन रहेकोले स्थानीयहरु चिन्ता ब्यक्त गरेका छन।

पानी ट्यांकि उपभोक्ता समितिको अध्यक्ष राम बिलास यादब (महाराजि) संग यो बिषयमा कुरा गर्दा आफुलाई केही पनि थाहा नभएको र समितिका अरु मान्छे सामनहरु किनेको अध्यक्ष यादवले बाताए। त्यो मलाई थाहा छैन भनेर अरु केही बोल्न चाहेनन। सो विषयमा साेधपुछकाे लागि माधोपुरका वडा अध्यक्ष राजिब यादबसंग सम्पर्क गर्दा यादवको मोबाईलमा सम्पर्क हुन सकेन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित