शुकदेव गुप्ता / नवलपरासी, कार्तिक १०
पश्चिम नवलपरासी र पुर्वी नवलपरासीमा
लुथरन वल्र्ड रिलिभकाे सहयाेगम र सहमति संस्थाकाे अायाेजनामा बाढीबाट प्रभावितहरुलाई राहत समाग्री बितरण कार्यक्रम गरिएको छ।
बाढी डुबान प्रभावित विनयत्रिवेणी गाउँपालिका र सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिका तथा सरावल गा.पा.का अतिबिपन्न परिवारलाई ब्लाङकेट,झुल,म्याट,पानीफिल्टर,कराई,डेक्ची, ढाडु ,पनियु र बिपन्न परिवारलाई ब्लाङकेट,झुल र पानीफिल्टर वितरण गरेको हाे।

राहत वितरण कार्यक्रममा सहमति संस्थाका महासचिव नगेन्द्रप्रसाद रिजाल, काेषाध्यक्ष बेलप्रसाद पाैडेल, सुस्ता गा.पा.उपाध्यक्ष ईन्द्र कुमारी थरुनी , नेपाल भारत सिमा मंञ्चका अध्यक्ष खिमानन्द अर्याल , सुस्ता गा.पा. ४ का वडाअध्यक्ष अशाेक कुमार गुरुङ्ग ,सहमति संस्था रानिनगरका कर्मचारी मुन्सी हरिजन , पत्रकार लगाएत स्थानीय जनताहरुकाे सहभागीता राहत वितरण गरिएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

