राजन कुमार बानिया /पर्सा १० कार्तिक
पर्साकाे छिपहरमाई गाउँपालिका वडा न ५ भिस्वामा अाज नेपाली काँग्रेसकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली काँग्रेस वडा कमिटि ले आयाेजना गरेको दिपावली तथा छठ पर्वकाे शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दे प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाले निर्वाचनकाे तयारीमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको हो । अब चाँडै नै स्थानियतह, प्रदेश र संघ काे निर्वाचन हुन लागेको ले निर्वाचनकाे तयारीमा लाग्न आग्रह गरे
उनले मुलुकमा समाजिक क्रान्तिकाे आवश्यकता समेत औल्याए । समाजमा रहेकाे कुरुती हटाउन समाजिक क्रान्तिकाे आवश्यकता रहेकाे बताउँदै नेता रिजालले देशमा जुन सुके संकटकाे सामाधान काँग्रेस ले नै गरेकाे दाबी गर्दै नेपाली कांग्रेसकाे विकल्प नरहेकाे वताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता रिजालले जनताकाे सेवा गर्न कांग्रेसकाे धर्म भएकाे वताए । चुनावमा हार जित जे भए पनि निस्वार्थ भावनाले गरिब जनता हरु को दुख शुखमा सेवा मा लाग्न उनले नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गरे। कार्यक्रम नेपाली काँग्रेस छिपहरमाई गाउँपालिका वडा समिति अध्यक्ष धुरेन्द्र साह को अध्यक्ष्ातामा समपन भएको थियोे ।कार्यक्रममा नेपाली कांग्रेस पर्साका जिल्ला सचिव किशोरी साह, क्षेत्रिय सभापति रमेश पाण्डे, जिल्ला सदस्य नवीन सिंह, क्षेत्रिय सचिव श्रीकान्त यादव, बलिष्टर अहमद, श्याम पटेल, रामेश्वर महतो, किसोर जयसवाल,बिश्वास साह,मुन्ना जयसवाल, लगायत नेता कार्यकर्ता हरु को सहभागिता रहेकाे थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

