राष्ट्रिय दैनिक / नवलपरासी ,९ कार्तिक
नेकपा (एमाले) सरावल गाउँपालिकाको अध्यक्षमा सुरेश यादव सर्वसम्मत चयन भएका छन् ।
मंगलबार देशैभर एकैसाथ सुरु भएको एमालेको अधिवेशन अन्तर्गत सरावल पालिका अधिवेशनबाट यादव सर्वसम्मत पालिका कमिटी अध्यक्षमा चयन भएका हुन ।

पालिका कमिटीको उपाध्यक्षमा डि भट्टराई ,सचीव देवराज चाैधरी ,सह-सचीव अनुष्का चाैधरी राव ,सह-सचीव अनिल कुमार यादव लगायत ७५ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन भएका हुन ।

नेकपा (एमाले) सरावल गाउँपालिका स्तरीय भेला सुरेश यादवकाे अध्यक्षता तथा नेकपा एमाले जेष्ठ कम्युनिष्ट मन्चका केन्द्रीय सदस्य तथा सल्लाहकार एव निर्वाचन मण्डलका अध्यक्ष खिमलाल पाेख्रेलकाे प्रमुख अातिथ्यता एवम नेकपा एमाले जिल्ला सदस्य देवराज श्रेष्ठ , एमाले जिल्ला सदस्य मिनराज पन्त , जिल्ला सदस्य जगदिश चाैधरी , अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा निर्वाचन समिति संयाेजक सुसान्त शर्मा घिमिरे , सरावल-५ अध्यक्ष तथा निर्वाचन समिति सदस्य दिनेश साहानि , निर्वाचन समिति सदस्य कृष्ण जीवन तिवारी , सरावल-६ अध्यक्ष तथा एमाले नेता कैलाश यादव , अनेमा संघ सरावल अध्यक्ष वासमति हरिजन लगाएतकाे विशेष उपस्थितिमा अधिवेशन सम्पन्न भएको हाे। 
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

