उमेश बि.क / नवलपरासी , ९ कार्तिक
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ भिमटांडीमा सञ्चालित खुल्ला नकआउट पुरूष फुटबल प्रतियोगिताको उपाधि देवदह स्पोर्टस क्लब रुपन्देहीले हाथ पारेको छ ।

कोटही माई युवा क्लब भिमटांडीकाे अायाेजनामा क्लबका अध्यक्ष नारायण चौधरीकाे अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधि तिवारीकाे प्रमुख अातिथ्यतामा भएको फाइनल खेलमा रूपन्देहीको देवदह स्पोर्टस क्लबले फोर ब्रदर्स क्लब मगरमुडहालाई ५–३ को गोल अन्तरले हराउंदै ५० हजार, कप ,मेडल र प्रमाणपत्र सहित उपाधि जितेको हो ।

उपविजेता बनेको फोर ब्रदर्स क्लबले ३० हजार ,कप, मेडल र प्रमाणपत्र हात पारेको हाे। प्रतियोगितामा तेस्रो आयोजक संस्था कोटही माई युवा क्लब भिमटांडीले १५ हजार ,कप ,मेडल प्रमाणपत्रमा चित्त बुझाउन पर्याे ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका देवदह स्पोर्टस क्लब रुपन्देहीको अनिश थापा ‘म्यान अफ द म्याच’ घोषित भए ।

खेलकुद समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका निवर्तान अध्यक्ष गुणनिधि तिवारीले स्वास्थ जिवनकाे लागि खेलकुद , देश बिकासका लागि खेलकुद महत्त्वपूर्ण रहेको बताउनु भएको हाे। स्थानीय स्तरमा भइरहेको खेलले युवाहरूलाई अनुसाशन सिकाउनुका साथै बिकास निर्माण काममा एकजुट भइ अगाडि बढ्ने काम पनि सिकाइ रहेको कुरामा जाेड दिनुभएको थियाे। अाफु राजनीतिग्य संगै उद्योगी ब्यवसायि रहेकोले यश क्षेत्र विकासका लागि विगतका दिनदेखि सहयोग रहेको र अगामी दिनमा पनि अार्थिक , सामाजिक र राजनैतिक रुपले सहयोग रहिरहने प्रतिबद्धता समेत गर्नुभएको थियोे ।

प्रतियोगिताकाे समापन समारोहमा वडा नम्बर ३ का वडा अध्यक्ष अणेन्द्रनाथ राय, सरावल खेलकुद संस्थाका अध्यक्ष महेन्द्र चाैधरी , पत्रकार उमेश कुमार बि.क लगाएतले खेलकुद मानव जिन्दगीको लागि लाभदायक रहेकाे बताउदै खेलक्षेत्रकाे विकासका लागि यस्ता खेलकुद सन्चालन हुनुपर्ने कुरामा जाेड दिनुभएको थियाे ।

असाेज १५ गतेदेखि सन्चालित प्रतियोगितामा भारतको महाराजगन्ज जिल्ला, रूपन्देही र पश्चिम नवलपरासी जिल्लाका गरि कुल २० वटा टिमको सहभागिता रहेको थियाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

