राजन कुमार बानिया
पर्सा ९ कार्तिक
नेकपा एमालेको छिपहरमाई गाउँपालिका स्तरिय भेला मंगलबार समपन भएको छ। नेकपा एमाले को गाउँपालिका स्तरिय भेलाबाट नेकपा एमाले छिपहरमाई गाउँपालिका अधयक्ष पहलाद प्रसाद गुप्ता को अध्यक्ष्ातामा ७५ सदस्यीय समिति सर्वसहमत बाट चयन गरिएको छ । गाउँपालिका को
उपाध्यक्ष मा किशोरी साह कानु र कमल दास तत्वा ,सचिव मकबुल मियाँ गदी , सह सचिव ब्रहम्देव यादव लगायत ५० जना पुरुष र २५ जना महिला सहित ७५ जना लाई गाउँपालिका स्तरीय कमिटी गठन गरिएको हो । नेकपा एमाले छिपहरमाई गाउँपालिका स्तरीय भेला नेकपा एमाले का जिल्ला सचिव एव गापा अधयक्ष मनोज कुमार गुप्ता को अध्यक्ष्ातामा भएको कार्यक्रम मा जिल्ला सदस्यीय हरेन्द्र पासवान, समसुल मियाँ ,वडाअधयक्ष मौजीलाल साह, महेन्द्र साह कलवार,लालबहादुर यादव, लगायत को सहभागीता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

