Rashtriya Dainik

विश्वविद्यालय सम्बन्धि २ अध्यादेश सिफारिस

जनकपुरधाम, कात्तिक-९, प्रदेश २ सरकारले विश्वविद्यालय स्थापना सम्बन्धि २ वटा अध्यादेश सिफारिस गरेको छ ।
मन्त्री परिषदको आज सम्पन्न बैठकले विरगंज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी गराउनु भएको छ । प्रदेश प्रमुखबाट अध्यादेश जारी भए लगतै दुबै विश्वविद्यालय स्थापनाको बाटो खुल्ला हुनेछ ।

कृषि तथा प्राविधिक सम्बन्धि उच्च स्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धि अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेश स्तरी कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकोले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेश सभा संचालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरेको हो ।

जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थाापना गरि संचालनमा ल्याई सकेको प्रदेश सरकारले राजविराजमा कृषि विश्वविद्यालय र विरगंजमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको हो ।

यसै गरि प्रदेश सरकारले ग्रिन सिटी क्लिन सिटी अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र विरगंजमा सरसफाई, विजुली बत्ति तथा वृक्षारोपण कार्य संचालन गर्ने निर्णय समेत गरिएको प्रवक्ता साहले बताए ।

मन्त्री परिषदले प्रदेश सरकारद्वारा संचालित विकास निर्माणको कार्यलाई प्राविधिक सहितको उच्च स्तरीय टोलीद्वारा स्थलगत निरीक्षण गराई ढिला सुस्ती एवं गुणस्तरहिन काम गरि रहेको पाईए त्यस्ता ठेक्केदार कम्पनीलाई बैंक ग्यारेन्टी जफत देखी कालो सूचिमा राख्ने सम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ ।

एसिड पीडित पर्साका मुस्कान खातुना लाई थप उपचारको लागी प्रदेश सरकारले पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले थप उपचारको पर्खाईमा रहेका मुस्कानलाई थप पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो । यस अघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई समेत पाँच लाख रुपैया उपलब्ध गराएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित