काठमाडौं । सिराहा नगरपालिका –१८ का निर्बाचित वडाअध्यक्ष रामसोगारथ यादव लागु औषधसहित पक्राउ परेका छन् । यादव एमालेबाट निर्बाचित वडा अध्यक्ष हुन् ।
स १ ब ९३८ नम्बरको सरकारी नम्बर प्लेट भएको मोटरसाइकलमा सवार यादव भारतबाट नेपाल प्रवेश गरेका थिए । १५ वटा नाइट्रोभेट ट्याबलेट सहित पक्राउ परेका यादवका बारेमा सिराहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले पुष्टी गरे ।
यादवलाई थप अनुसन्धानका लागी थुनामा राखिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

