Rashtriya Dainik

सरावल अध्यक्ष कप खुल्ला क्रिकेटको उपाधी ठुठीबारी

रंजीत शर्मा/ नवलपरासी/ ८ कार्तिक ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ मा सरावल अध्यक्ष कप खुल्ला क्रिकेट प्रतियोगिताको प्रथम उपाधी भारतको ठुठीबारी क्रिकेट क्लबले हात पारेको छ ।

सरावल सेवा तथा विकास संस्थाको संयोजनमा सरावल गाउँपालिकाको ललितपुर खेल मैदानमा आइतवार भएको फाइनल खेलमा ठुठीबारीले हातीबन् एथलेटिक क्लबलाई ४३ रनले पराजित गरेको हो । टाँस जितेर पहिला ब्याटिङ शुरू गरेको ठुठीबारीले ७ ओभरमा ३ विकेटको क्षतिमा ११७ रन बनाएको थियो। जसमा भुखरीले ५७ रनको पारी खेले ।

जवाफमा हातीबन् एथलेटिक क्लबले ७ ओभर पूरा खेल्दै ७४ रन मात्रै बनाउन सक्यो । उपाधिसँगै ठुठीबारीले नगद रु.३१ हजार पुरस्कार हात पार्यो भने हातीबन् एथलेटिक क्लबले १५ हजार प्राप्त गरेको थियो ।

प्रतियोगितामा ‘म्यान अफ द मैच भुखारी र म्यान अफ सिरिज’को उपाधि ठुठीबारीका खेलाडीले हात पारे ।

प्रतियोगिताको समापन कार्यक्रम आयोजक सरावल खेलकुद संस्थाका अध्यक्ष महेन्द्र चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिका वार्ड नं ०४ का वडा अध्यक्ष छोटेलाल यादवको प्रमूख अतिथीक्ता तथा सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलको विशिष्ट अतिथिक्तामा सम्पन भएको छ।

कार्यक्रममा वडा सदस्य सूर्यनारायण यादव, पत्रकार उमेश विक,रंजीत शर्मा, समाजसेबी जनमजय यादव, रोहित गौड ,दीपक क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित