उमेश बि.क / नवलपरासी , ८ कार्तिक
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मा ललितपुर सामुदायिक स्वास्थ्य इकाई शिलान्यास गरिएको छ ।
वडा नम्बर ४ वडा अध्यक्ष छाेटेलाल यादवकाे अध्यक्षता तथा पुर्व गृहराज्य मन्त्री एवं प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलकाे प्रमुख अातिथ्यता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे विशिष्ट अातिथ्यतामा सामुदायिक स्वास्थ्य इकाई शिलान्यास गरिएको हाे ।

ललितपुर सामुदायिक स्वास्थ्य इकाई शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै पुर्व गृहराज्य मन्त्री एवं प्रतिनिधिसभा सदस्य कण्डेलले दुर्गममा रहेका सर्वसाधारण जनताका लागि सामुदायिक स्वास्थ्य इकाईले थप टेवा पुर्याउने बताउनु भयाे । स्वास्थ्य मानव जिवनकाे सबैभन्दा ठुलाे धन भएको हुनाले याे स्वास्थ्य इकाईले स्थानीय जनतामा उपचारका लागि सहजता हुने बताउनु भयाे । सामाजिक सेवा तथा विकास निर्माणका काममा एक अर्काकाे खुट्टा तान्ने प्रवृत्तिलाई त्यागी हातेमालो गर्दै विकास निर्माण कार्यमा एकबद्ध भई सबै अगाडि बढ्नुपर्छ भन्ने कुरामा जाेड दिनुभएको थियाे। दल र पार्टीमा लाग्दैमा अापसि बिवेद हुनै पर्छ भन्ने छैन सबै जनप्रतिनिधि र राजनीतिक दलकाे ब्यक्ति समाज विकासकाे लागि लाग्नुपर्ने बताउनुभयाे । नवलपरासीको महेशपुर देखि सुनवल सडकखण्ड ४ लेनकाे काम छिट्टै सुरु हुने बताउनुभयो । साथै महेशपुर भन्सार कार्यालय स्तरोन्नति गरी महेशपुर तथा भुतहा सडकखण्ड २ लेनकाे बाटो निर्माणका लागि पहल गरिरहेकाे बताउँदै समग्र नवलपरासीको विकासका लागि अाफु लागिपरेको कुरामा जोड दिनुुभएकाे थियाे ।

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले आम नागरिकको स्वास्थमा सहज पहुँच पुर्याउनका लागि ललितपुर सामुदायिक स्वास्थ्य इकाई स्थापनाकाे लागि शिलान्यास गरिएको बताउनु भयो । २० लाख रुपैयाँ लागतमा पालिकाकाे सहयोगमा स्वास्थ्य इकाई बन्ने अध्यक्ष चाैधरीले बताउदै जनताकाे हरेक समस्या समाधान गर्न अाफु लागि परेको बताउनुभयो । सरावल पालिकाले निशुल्क अाखाँ अप्रेसन ,निशुल्क रगत , क्रिया खर्च बापत ५ हजार , किसानलाई अनुदानमा कृषि सामाग्री सहयोग लगाएतकाे उदाहरणीय काम गरिरहेकाे बताउनुभयाे । समग्र सरावलका जनताकाे लागि सन्तुलित बिकास बाटाेघाटाे ,शिक्षा ,स्वास्थ्य ,कृषि ,पर्यटन , खेलकुद ,खानेपानी लगाएतकाे काम द्रुत गतिमा विकास भइरहेको कुरामा जाेड दिनुभएको थियाे । साथै सरावल गाउँपालिकाकाे विकासमा अाफु लागि परेकाे बताउनु भयाे।

कार्यक्रममा सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेल,नेपाली काङ्ग्रेस जिल्ला सहसचिव गजानन्द पटेल ,नेपाली काङ्ग्रेस सरावल गाउँपालिका सभापति बिनाेद कुमार पाण्डेय ,नेकपा सरावल सचिव राेहित गाैड लगाएतले स्वास्थ्य सेवासुविधा जनताकाे पहुँचमा पुर्याउने काम वास्तवमा महत्त्वपूर्ण तथा पुनित कार्य रहेको कुरामा जाेड दिइएका थिए ।

वडा नम्बर ४ वडा कार्यालय सचिव अशाेक कुमार पाण्डेयले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रमको सन्चालन उमेश कुमार बि.क ले गर्नुभएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

