वीरगंज ८ सोमबार
पर्सा प्रहरीले लागु अौषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा वीरगञ्ज महानगरपालिका वडा नं.१६ वाईपास जय माँ वैष्णवदेवी मन्दिर अगाडि जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी गणेशटोलबाट खटिएको संयुक्त टोलीले रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा बा.४ च १०२१ नम्बरको टाटा ईन्डिका कारलाई रोकी जाँच गर्ने क्रममा लागु औषध युन्सिरेक्स १०० यमयलको २ सय ३७ बोत्तल र नाईट्राभेट ट्याब्लेट ६ सय पिस कार्टुनमा प्याकिङ गाडीको पछाडि सिटमुनी राखिएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जनाएका छन् ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने २६ वर्षको सुमन न्यौपाने र सोही वडामा बस्ने २८ वर्षीय रोशन लामालाई पक्राउ गरि लागु अौषध सम्बन्धि कसूरमा अनुसन्धान अगाडी बढाएको पर्सा प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

